पोखरा एभेन्जर्सले आफ्नो लोगो परिवर्तन

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

पोखरा एभेन्जर्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो।

सन् २०२२ मा आयोजित नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको हो।

नेपाल टि. ट्वान्टी क्रिकेट प्राइभेट लिमिटेडले बोल कबोलमार्फत सर्वाधिक महँगो तीन करोड ५७ लाख रुपियाँ हालेर पोखरा एभेन्जर्स फ्रेन्चाइज लिएको हो।

पोखरा एभेन्जर्सले शनिबार गोलाप्रथाका आधारमा कुशल भुर्तेललाई मार्की खेलाडीको रुपमा पाएको हो।

प्रकाशित : , ०, ०१६:४९

डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउन सकारात्मक