डरलाग्दो टेस्टको कहानी : ६२ बलमा सकियो टेस्ट म्याच, घाइते भएर रगत्तामै भएका थिए ब्याट्सम्यान

एजेन्सी : टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा छोटो टेस्ट म्याच सन् १९९८ मा वेस्टइन्डिज र इङ्गल्याण्ड बीच खेलिएको थियो, जुन केबल ६२ बलमै पूरा भएको थियो। खेल्न अयोग्य डरलाग्दो पिचको कारणले ब्याट्सम्यानको ज्यान जोखिममा परेकाले यो टेस्ट म्याच रद्द गर्नुपरेको थियो। यो टेस्ट म्याच वेस्ट इन्डिजले आयोजना गरेको थियो, जसका कारण यो खेल सबिना पार्क स्टेडियममा खेलाइएको थियो । पाहुना टोली इङ्गल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपनि पिच निकै घातक बनेको थियो। इङ्गल्याण्डका ब्याट्सम्यान रगत्तामै भएका थिए।

इङ्गल्याण्डका लागि कप्तान माइक अर्थटन र विकेटकिपर ब्याट्सम्यान एलेक स्टुअर्ट ब्याटिङ गर्न आएका थिए । त्यतिबेला वेस्ट इन्डिज खतरनाक बलिङका लागि चर्चित थियो । वेस्ट इन्डिजका लागि कर्टली एम्ब्रोस र कर्टनी वाल्स बलिङमा आए । यी दुई बलरले बलिङ गर्न थालेपछि इङ्गल्याण्डका दुवै ओपनिङ ब्याट्सम्यान डराए । उच्च गतिको बलले दुवै ब्याट्सम्यानलाई ज्यान जोगाउन हम्मेहम्मे बनाएको थियो ।

वास्तवमा त्यस दिन सबिना पार्क स्टेडियमको पिचमा अलग्गै किसिमको बाउन्स र फरक किसिमको गति थियो । बल धेरै बाउन्स भएको कारण बल सिधै ब्याट्सम्यानको शरीरमा ठोक्किरहेको थियो । तीव्र गतिमा आएका बल सिधैं इङ्गल्याण्डका ब्याट्सम्यानको शरीरमा लागिरहेको थियो। जसका कारण ओपनिङ ब्याट्सम्यानसहित अन्य खेलाडी पनि घाइते भएका थिए। पिच निकै घातक बनिसकेको थियो । इङ्लिस ब्याट्सम्यानको रगत्तामै भईरहेका थिए।

यी सबै कुरालाई ध्यानमा राख्दै मैदानमा रहेका अनफिल्ड अम्पायर स्टिभ बकनर र श्रीनिवास भेन्कटराघनले खेल रद्द गर्ने निर्णय गरे। तर अम्पायरले यो निर्णय लिँदासम्म धेरै ढिलो भइसकेको थियो । इङ्ल्यान्डका ब्याट्सम्यानको शरीरमा घाउका निशानहरू थिए। उनीहरु नराम्ररी घाइते भईसकेका थिए।

पिच यति खराब थियो कि अम्पायरहरूले मात्र ६२ बलमा यो निर्णय लिनु परेको थियो, खेल १०.२ ओभरमा सकिएको थियो, जसमा इङ्ल्यान्डले ३ विकेट गुमाएर १७ रन बनाएको थियो। यस्तो अवस्थामा यो म्याच टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा छोटो म्याच हो ।

प्रकाशित : , ०, ०१५:५६

पोखरा एभेन्जर्सले आफ्नो लोगो परिवर्तन