मालामाल हुने भए नेपाली क्रिकेट खेलाडी, मार्की खेलाडीले पाउनेछन् मोटो रकम

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।

एनपिएल आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार पत्रकार सम्मेलनमा गोलाप्रथाका आधारमा टोलीको मार्की खेलाडीको छनोट गरी उनीहरूले पाउने रकम समेत उल्लेख गरेको हो ।

गोलाप्रथामा काठमाडौँको मार्की खेलाडीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहितकुमार पौडेल, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

यसका साथै क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले कार्यक्रममा अन्य खेलाडीको अक्सन दशैँ अगाडी हुने जानकारी दिए। अक्सन विभिन्न खेलाडीको वर्गीकरण गरिनेछ र सोहीँ अनुसार पारिश्रमिक पनि तोकिनेछ।

एनपिएलका हरेक फ्रेन्चाइजमा १६ खेलाडी हुनेछन् र ४ जना विदेश खेलाडी अनुबन्धित हुनेछन् जसमा १ विदेशी खेलाडी एसोसियट देशको हुनुपर्नेछ।

विदेशी खेलाडी छनोटमा युएई, स्कटल्याण्ड, नामिबिया र नेदरल्यान्ड्सका खेलाडीलाई विशेष प्राथमिकता दिईनेछ। जसले स्थानीय र अन्तर्राष्ट्रिय प्रतिभाको प्रतिस्पर्धात्मक मिश्रण सुनिश्चित गर्दछ र पहिलो एनपीएल सिजनमा थप उत्साह भर्नेछ।

एनपिएल आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा आठ वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

टिम(Team) मार्की खेलाडी(Marquee player)
काठमाडौं करण केसी
पोखरा कुशल भुर्तेल
चितवन कुशल मल्ल
विराटनगर सन्दीप लामिछाने
लुम्बिनी रोहित पौडेल
जनकपुर आसिफ शेख
कर्णाली सोमपाल कामी
सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरी
प्रकाशित : , ०, ०१९:५७

डरलाग्दो टेस्टको कहानी : ६२ बलमा सकियो टेस्ट म्याच, घाइते भएर रगत्तामै भएका थिए ब्याट्सम्यान