यी हुन् एनपिएलका ८ मार्की खेलाडी, को – को परे ?

काठमाडौँ : – पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायत पत्रपत्रिका सर्वत्र नेपाल प्रिमियर लिगको चर्चा छ।

शुक्रबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे लागि ८ मार्की खेलाडी(𝗠𝗮𝗿𝗾𝘂𝗲𝗲 𝗣𝗹𝗮𝘆𝗲𝗿𝘀) सार्वजनिक गरेको छ।

८ मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका को – को खेलाडी पर्लान् भनेर जनमानसले चासो दिईरहेका छन्। नेपाल प्रिमियर लिगले आफ्नो आधिकारिक फेसबुक पेजमा ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ।

१ .  कुशल भुर्तेल
२ .  आशिफ शेख
३ .  रोहित पौडेल
४ .  दिपेन्द्र सिंह ऐरी
५ .  सन्दीप लामिछाने
६ .  सोमपाल कामी
७ .  करण केसी
८ .  कुशल मल्ल

एनपिएल आगामी मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरिसकेको छ ।

लिगका लागि पोखराले सर्वाधिक तीन करोड ५७ लाख रुपियाँमा फ्रेन्चाइज लिएको छ । यस्तै दोस्रोमा कान्तिपुर पब्लिकेशनले गरेको छ । कान्तिपुरले फ्रेन्चाइजका लागि तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपियाँ खर्च गरेको छ ।

अन्यमा क्रमशः चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोर्ट्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्ट्स रहेको छ । हरेक टोलीले बोल कबोलमार्फत फ्रेन्चाइज लिएका हुन् ।

प्रकाशित : , ०, ०१३:४६

मालामाल हुने भए नेपाली क्रिकेट खेलाडी, मार्की खेलाडीले पाउनेछन् मोटो रकम