एजेन्सी : – विराट कोहलीलाई इन्डियन प्रिमियर लिग अर्थात आईपीएलको इतिहासमा सबैभन्दा अभागी खेलाडी भनिन्छ, किनकि उनले २००८ देखि २०२४ सम्म यस लिगमा कुल १७ सिजन खेलेका छन् तर एकपटक पनि च्याम्पियन बन्ने मौका पाएका छैनन् ।
यहाँसम्म कि उनलाई आईपीएल र भारतीय क्रिकेटको इतिहासमा सबैभन्दा अभागी खेलाडी मानिन्छ किनकी उनले सन् २०१३ यता एक पनि आईसीसी प्रतियोगिता जितेका छैनन्।
यद्यपि सन् २०२४ को टि-२० विश्वकपमा विश्वविजेता बनेसँग यो धब्बा मेटिएको छ। तर अहिले आईपीएल र भारतीय क्रिकेटको इतिहासमा सबैभन्दा अभागी खेलाडी केएल राहुललाई मानिएको छ।
केएल राहुल अहिले भारतीय क्रिकेट टोली र आईपीएलका सबैभन्दा अभागी खेलाडी हुन् किनकी उनले अहिलेसम्म कुनै पनि टोलीबाट आईपीएल उपाधि जितेका छैनन् र भारतले आईसिसी प्रतियोगिता जित्दा उनी टोलीमा थिएनन्।
केएल राहुलले सन् २०१४ मा भारतको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए, तर त्यसयता भारतले २०२४ मा एउटा आईसीसी प्रतियोगिता जितेको छ र केएल राहुलले त्यो प्रतियोगिता खेल्न पाएनन्।
आईपीएलको कुरा गर्दा केएल राहुल सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोर अर्थात आरसीबीमा आबद्ध भए तर टोलीले उपाधि जित्न सकेन ।
सन् २०१५ मा उनी सनराइजर्स हैदरावाद अर्थात एसआरएचसँग थिए तर त्यो टोलीले पनि आईपीएल जित्न सकेन ।
जब उनी फेरि आरसीबीमा आए, आरसीबीले फेरि उपाधि जित्न सकेन। त्यसपछि उनी पञ्जाब किंग्स गए र त्यहाँ पनि टोलीले उपाधि जित्न सकेन ।
यसपछि केएल राहुल लखनऊ सुपर जायन्ट्स अर्थात एलएसजीमा सामेल भए तर एलएसजीले पनि उपाधि जित्न सकेन । यस हिसाबले केएल राहुल अहिले आईपीएल र भारतीय क्रिकेटका सबैभन्दा अभागी खेलाडी हुन् भन्न सकिन्छ ।