अफगानिस्तान र न्युजिल्याण्ड : ग्रेटर नोयडामा रचियो इतिहास, ९१ वर्षमा इतिहासमा पहिलो पटक…

एजेन्सी : – अफगानिस्तान र न्युजिल्याण्डबीचको एक मात्र टेस्ट म्याच औपचारिक रूपमा रद्द भएको छ। भारतको ग्रेटर नोयडामा इतिहास रचिएको छ। अफगानिस्तान र न्युजिल्याण्डबीचको खेल २१ औँ शताब्दीमा पहिलो पल्ट एक बल पनि नखेली रद्द हुने पहिलो टेस्ट खेल बनेको छ।

भारी वर्षा र भिजेको मैदानका कारण दुवै कप्तान टसका लागि मैदान पनि उत्रिन पाएनन्। योसँगै टेस्ट क्रिकेट इतिहासमा एक बल पनि बल नभई टेस्ट खेल रद्द भएको यो आठौं पटक हो।

टेस्ट क्रिकेटको ९१ वर्षको इतिहासमा यो टेस्ट एसियाकै पहिलो खेल बनेको छ जुन एक बल बल नभइकन रद्द भयो। हालसम्म रद्द भएका ७ टेस्ट खेल एसिया बाहिरका थिए।

न्युजिल्यान्डको यो तेश्रो खेल हो जसमा एक बल पनि बल नभई रद्द भएको हो । अफगानिस्तानअघि सन् १९९८ मा भारतविरुद्ध किवी टोलीले ड्रेसिङ रुममा ५ दिन बिताएका थिए ।

यी हुन् एक बल बल नभई रद्द भएका टेस्ट खेलहरुको सूची : –

१ .  टेस्ट नम्बर 34a : – अस्ट्रेलिया र इङ्गल्याण्ड, ओल्ड ट्राफर्ड, म्यानचेस्टर। वर्षाको कारण रद्द हुने यो पहिलो खेल थियो। यस खेलको टस समेत भएको थिएन।

२ .  टेस्ट नम्बर 264a : – अस्ट्रेलिया र इङ्गल्याण्ड, ओल्ड ट्राफर्ड, म्यानचेस्टर। वर्षाको कारण टस समेत भएको थिएन्।

३ .  टेस्ट नम्बर 675a : –अस्ट्रेलिया र इङ्गल्याण्ड, मेलबर्न क्रिकेट ग्राउण्ड। खेलाडीहरु मैदानमा प्रवेश गरेलगत्तै वर्षा भयो। एमसीसीका म्यानेजर, अष्ट्रेलियाली बोर्ड र एमसीसीका २ जना पदाधिकारीहरुबीच छलफलपश्चात सिमित ओभरको खेल खेलाउने निष्कर्ष निकालियो र उक्त खेललाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल मानिएको थियो।

४ .  टेस्ट नम्बर १११३a : – न्युजिल्याण्ड र पाकिस्तान, क्यरिसब्रुक, डुनेडिन। भारी वर्षाको कारण ३ फेब्रुअरी सन् १९८९ को खेल रद्द गरिएको थियो। जसपश्चात ६ फेब्रुअरी सन् १९८९ मा एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो।

५.  टेस्ट नम्बर ११४०a : – इङ्गल्याण्ड र वेस्ट इन्डिज, बोर्डा, जर्जटाउन, गुयाना। वर्षाको कारण खेल रद्द गरिएको थियो। यस खेलको पाँचौं दिन एक एकदिवसीय खेल खेलाईएको थियो।

६.  टेस्ट नम्बर १४३४a : – पाकिस्तान र जिम्बाब्वे, इकबाल स्टेडियम, फैसलाबाद। पाकिस्तान र जिम्बाब्वेबीचको खेल टस नभई रद्द भएको थियो।

७ .  टेस्ट नम्बर १४३४b : – न्युजिल्याण्ड र भारत, क्यरिसब्रुक, डुनेडिन। तेश्रो दिन खेल रद्द गरिएको थियो। चौथो दिन एक अनौपचारिक एक दिवसीय खेल खेलाईएको थियो।

Team 1

Team 2 Venue Match Date Scorecard
England Australia Old Trafford, Manchester 25 Aug 1890

Test # 34a

England Australia Old Trafford, Manchester 8 Jul 1938 Test # 264a
Australia England Melbourne Cricket Ground 31 Dec 1970 Test # 675a
New Zealand Pakistan Carisbrook, Dunedin 3 Feb 1989 Test # 1113a
West Indies England Bourda, Georgetown, Guyana 10 Mar 1990 Test # 1140a
Pakistan Zimbabwe Iqbal Stadium, Faisalabad 17 Dec 1998 Test # 1434a
New Zealand India Carisbrook, Dunedin 18 Dec 1998 Test # 1434b
Afghanistan New Zealand Greater Noida Sports Complex Ground, Greater Noida 9 Sep 2024 Test # 2549

प्रकाशित : , ०, ०११:४१

यिनी हुन् आईपीएल र भारतीय क्रिकेटको सबैभन्दा अभागी खेलाडी, नाम सुनेर चकित पर्नुहुनेछ