हङकङमाथि मलेसियाको सनसनीपूर्ण जित, स्तब्ध भयो हङकङ टोली

काठमाडौँ : – आइसीसी मेन्स टि-२० वर्ल्डकप सब रिजनल एसिया क्वालिफायर ‘ए’ को १८ औँ खेलमा शनिबार घरेलु मलेसिया क्रिकेट टोलीले हङकङ, चाइना टोलीलाई ३ रनले पराजित गरेको छ।

शनिबार मलेसियास्थित बायोमास ओभल क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाली टोलीले १८ . ४ ओभरमा १० वटै विकेट गुमाएर १२४ रनमा समेटिन पुगेको थियो।

मलेसियाको लागि कप्तान सायद अजिजले सर्वाधिक ४० रनको योगदान दिए। यससँगै मुहम्मद आमिरले २९ र शार्विन मुनियान्डीले २४ रन जोडे। मलेसियालाई १२४ रनमा रोक्न यसिम मुर्तजाले ३ विकेट लिए। यससँगै अतीक इकबाल ,  एजाज खान र आनस खानले समान २ – २ विकेट लिए।

मलेसियाले दिएको १२५ रनको सामान्य लक्ष्य पच्छ्याउन मैदान उत्रिएको हङकङ टोली निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रनमै समेटियो।

ब्याटिङमा सर्वाधिक योगदान दिएका कप्तान सायद अजिज बलिङमा पनि चम्किए। उनले ३ ओभरमा ९ रन खर्चिदै ४ विकेट लिए। यससँगै रिजवान हैदर र विजय उन्नीले समान २ – २ विकेट आफ्नो पोल्टामा पारे।

यो जितसँगै मलेसियाले रिजनल फाइनलमा पुग्ने आफ्नो आशा जिवितै राखेको छ। अब मलेसियाले अन्तिम खेल मङ्गोलियासँग सोमबार खेल्नेछ। ७ टिम सम्मिलित यस एसिया क्वालिफायर ‘ए’ का शीर्ष २ टिममात्रै रिजनल फाइनलमा पुग्ने प्रावधान रहेको छ।

प्रकाशित : , ०, ०१५:३५

अस्ट्रेलिया सिरिजमा नपरेपछि मोइन अलिले लिए क्रिकेटबाट सन्यास