नेपाली क्रिकेट टोलीको हारको शृंखला जारी, श्रीलंकासँग पराजित भयो नेपाल

काठमाडौँ : – नेपाल राष्ट्रिय क्रिकेट टोली श्रीलंका डेभलपमेन्ट ११ सँग भएको तेश्रो अभ्यास खेलमा ५ विकेटले पराजित भएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण रद्द भएका थिए।

यसअघि वर्षाका कारण पहिलो र दोस्रो दुवै अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको थियो ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४० ओभरमा १५९ रन बनाएको थियो।

कुशल भुर्तेलले ५० बलमा ४३ रनको  सर्वाधिक योगदान दिए भने कुशल मल्लले ३५ रन बनाए। आरिफ शेखले २० रन थपे, तर नेपालका अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्।

श्रीलंका डेभलपमेन्टका गरुका संकेथाले ४ विकेट लिए।

श्रीलंका डेभलपमेन्टले १६० रनको लक्ष्य २६.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। कृष्ण सन्जुलाले ६८ रनको अर्धशतकीय पारी खेल्दै जितमा मुख्य भूमिका खेले।

नेपालका कप्तान सोमपाल कामी र गुलसन झाले २-२ विकेट लिए, जबकि ललित राजवंशीले १ विकेट हात पारे।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत यहीँ सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

विश्वकप लिग टुको खेल १६ सेप्टेम्बरबाट क्यानडामा हुनेछ।

प्रकाशित : , ०, ०१९:३४

हङकङमाथि मलेसियाको सनसनीपूर्ण जित, स्तब्ध भयो हङकङ टोली