नेपाली बलरलाई नराम्ररी चुटे श्रीलंकाली ब्याट्समेनले, १० ओभरमा बनायो ७१ रन

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Aasif Sheikh and Rohit Paudel of Nepal look on during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ : – नेपालले दिएको १६० रनको झिनो लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको श्रीलंका यतिबेला बलियो स्थान रहेको छ।

श्रीलङ्काको डेभलभमेन्ट – ११ टोलीले १० ओभरमा २ विकेट गुमाएर ७१ रन बनाएको छ। श्रीलंकाका क्रिशन सन्जुलाले ३० बलमा ४३ बनाउँदै क्रिजमा छन्।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १० वटै विकेट गुमाएर १५९ रनमा समेटिन पुग्यो।

सोमपाल कामीको कप्तानीमा भएको खेलमा कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ५० बलमा ४३ रन बनाएका हुन्।

योसँगै कुशल मल्लले ५५ बलमा ३५ रनको पारी खेले। खेलमा कप्तान सोमपाल कामीले २ रन, गुल्शन झाले ५ रन र आरिफ शेखले २० रन बनाए। अरु कुनै पनि ब्याट्समेनले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो र दोस्रो अभ्यास खेल वर्षाका कारण रद्द भएका थिए। यसअघि वर्षाका कारण पहिलो र दोस्रो दुवै अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको थियो ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत यहीँ सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

प्रकाशित : , ०, ०१५:०६

नेपाली क्रिकेट टोलीको हारको शृंखला जारी, श्रीलंकासँग पराजित भयो नेपाल