नेपालले श्रीलङ्कालाई दियो झिनो लक्ष्य, डिफेन्ड गर्न सक्ला त ?

काठमाडौँ : – नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको तेश्रो अभ्यास खेलमा नेपालले १६० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १० वटै विकेट गुमाएर १५९ रनमा समेटिन पुग्यो।

सोमपाल कामीको कप्तानीमा भएको खेलमा कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ५० बलमा ४३ रन बनाएका हुन्। योसँगै कुशल मल्लले ५५ बलमा ३५ रनको पारी खेले। खेलमा कप्तान सोमपाल कामीले २ रन, गुल्शन झाले ५ रन र आरिफ शेखले २० रन बनाए।

बलिङमा श्रीलंकाका लागि गरुका संकेथ(Garuka Sanketh) ले ७ ओभरमा ३९ रन खर्चिंदै ४ विकेट लिए।

अब नेपालले १६० रनको झिनो लक्ष्यलाई डिफेन्ड गर्न सक्ला कि नसक्ला त ?

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो र दोस्रो अभ्यास खेल वर्षाका कारण रद्द भएका थिए। यसअघि वर्षाका कारण पहिलो र दोस्रो दुवै अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको थियो ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत यहीँ सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

प्रकाशित : , ०, ०१३:५३

नेपाली बलरलाई नराम्ररी चुटे श्रीलंकाली ब्याट्समेनले, १० ओभरमा बनायो ७१ रन