नेपालले टस हार्यो, सोमपाल कामीले गर्दैछन् कप्तानी

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 16: Sompal Kami of Nepal celebrates after dismissing Litton Das of Bangladesh (not pictured) during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ : – नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको तेश्रो अभ्यास खेल जारी छ। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

श्रीलंका डेभलभमेन्ट ११ सँगको तेश्रो अभ्यास खेलको कप्तानी सोमपाल कामीले गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो र दोस्रो अभ्यास खेल वर्षाका कारण रद्द भएका थिए। यसअघि वर्षाका कारण पहिलो र दोस्रो दुवै अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको थियो ।

तीन वटा अभ्यास खेल तय भएकोमा नेपाली टोलीले आज शुक्रबार अन्तिम अध्यास खेल खेल्नेछ ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत यहीँ सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

प्रकाशित : , ०, ०११:००

नेपालले श्रीलङ्कालाई दियो झिनो लक्ष्य, डिफेन्ड गर्न सक्ला त ?