टेष्ट खेल्न भारत आइपुग्यो न्यूजिल्याण्ड टोली, नोयडामा भयो भव्य स्वागत

एजेन्सी : – अफगानिस्तान र न्युजिल्याण्डबीचको एकमात्र टेष्ट म्याच भदौ २४ गतेदेखि भारतको नोयडामा हुने भएको छ। यो खेलको लागि न्युजिल्याण्डको टोली भारत पुगिसकेको छ।

अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा न्यूजिल्याण्ड क्रिकेट टोलीको भारत आगमनको भिडियो पोस्ट गरेको छ।

भिडियोमा न्युजिल्याण्डको टोलीलाई नोयडाको होटेलमा भव्य स्वागत गरिएको देख्न सकिन्छ। अफगानिस्तान र न्यूजिल्याण्डबीचको यो टेस्ट म्याच ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स मैदानमा हुनेछ।

ब्याक इन्जुरीको कारण राशिद खानले न्युजिल्यान्डविरुद्धको यो टेस्ट खेल्ने छैनन्। उनको अनुपस्थितिमा अफगानिस्तानको टोलीको जिम्मेवारी हसमतुल्लाह शाहिदीले सम्हाल्ने छन्। अफगानिस्तानको टोलीले भदौ १२ गतेदेखि नै भारतमा अभ्यास गरिरहेको छ।

यो अफगानिस्तानको १०औँ टेस्ट खेल हुनेछ र २०१७ मा टेस्ट मान्यता पाएपछि न्यूजिल्याण्डविरुद्धको पहिलो खेल हुनेछ।

अफगानिस्तानले हालसम्म आफ्ना ९ टेस्ट खेलमा आयरल्यान्ड (२०१९), बंगलादेश (२०१९) र जिम्बाब्वे (२०२१) जस्ता टोलीलाई हराउँदै तीन जित दर्ता गरेको छ। यससँगै न्युजिल्याण्डले अक्टोबरमा भारतमा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप सिरिज पनि खेल्नेछ।

न्यूजिल्याण्ड टोली

टिम साउथी (कप्तान), टम ब्लन्डेल (विकेटकिपर), माइकल ब्रेसवेल, डेभोन कोनवे, म्याट हेनरी, टम लाथम (उपकप्तान), डेरिल मिचेल, विल ओ’रोर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सेन्टनर, बेन सियर्स, केन विलियम्सन, विल योङ्ग

अफगानिस्तान टोली

हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रियाज हसन, अब्दुल मलिक, रहमत शाह, बहीर शाह महबूब, इक्राम अलीखिल (विकेटकिपर), साहिदुल्लाह कमाल, गुलबदिन नाइब, अफसर जजाई (विकेटकिपर), अजमातुल्लाह उमरजाई, जियाउर रहमान अकबर, शम्सुर्रहमान, कैस अहमद, जहीर खान, निजात मसूद, फरीद अहमद मलिक, नाभिद जद्रान, खलील अहमद, यामा अरब।

प्रकाशित : , ०, ०१६:०८

८ फ्रेन्चाईजीको बिक्रीबाट क्यानले कमायो १६ करोड, यी हुन् आठ वटै टोलीका मालिकको नाम