टससमेत नभई रद्द भयो नेपालको २ खेल, शुक्रबार अन्तिम खेल खेल्न पाउँला त नेपालले ?

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको दोस्रो अभ्यास खेल पनि बुधबार वर्षाका कारण रद्द भएको छ ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

यसअघि वर्षाका कारण मङ्गलबारका लागि तय भएको पहिलो अभ्यास खेल पनि टस समेत हुन नसकी रद्द भएको थियो ।

तीन वटा अभ्यास खेल तय भएकोमा नेपाली टोलीले अब शुक्रबार एउटा अध्यास खेल खेल्नेछ ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

श्रीलङ्का भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ ।

टोलीमा रोहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ ।

श्रीलङ्काको अभ्यासपछि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ ।

प्रकाशित : , ०, ०१४:०७

टेष्ट खेल्न भारत आइपुग्यो न्यूजिल्याण्ड टोली, नोयडामा भयो भव्य स्वागत