क्रिकेट इतिहासमा मङ्गोलियाको लज्जास्पद हार, ५ बलमै खेल जित्यो सिंगापुरले

एजेन्सी : आइसिसी मेन्स टि ट्वान्टी विश्वकप एसिया क्वालिफायर ए मा सिंगापुरले मङ्गोलियामाथि सहज जित हात पारेको छ।

मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर बलिङ रोजेको सिंगापुरले मङ्गोलियालाई १० रनमै समेटेको थियो। मङ्गोलियाले १० ओभरमा १० रन बनाउँदै १० वटै विकेट गुमायो। मङ्गोलियाका कुनै पनि ब्याट्समेनले २ रन भन्दा बढी रन बनाउन सकेनन्। मङ्गोलियाका ५ खेलाडी शुन्य रनमा आउट भए भने ४ खेलाडीले १ – १ रनको योगदान दिनुका साथै २ खेलाडीले २ – २ रन जोडे। यसका साथै टोलीले २ रन वाइडबाट पाएका हुन्।

मङ्गोलियाले दिएको ११ रनको झिनो लक्ष्य सिंगापुरले १ विकेटको क्षतिमा ५ बलमै पूरा गर्यो।

टि-२० आईमा कम बलमै लक्ष्य पूरा गरेको रेकर्डमा सिंगापुर दोस्रो स्थानमा छ। टि-२० आईमा कम बलमै लक्ष्य पूरा गर्ने टिम स्पेन हो। स्पेनले आयल अफ म्यान(Isle Of Man) विरुद्दको खेलमा २ बलमा नै ११ रनको लक्ष्य पूरा गरेको थियो।

टि-२० आई इतिहासमा सबैभन्दा कम रन बनाउने मङ्गोलिया दोश्रो टिम हो। यस अघि आयल अफ म्यान स्पेनविरुद्द १० रनमा समेटिएको थियो।

बिहिबारको खेलमा सिंगापुरका हर्ष भारद्वाजले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिए । अक्षय पुरीले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट आफ्नो पोल्टामा पारे। यससँगै राहुल शेशाद्री र रमेश कलिमुथुले समान १ – १ विकेट हात पारे।

प्रकाशित : , ०, ०१३:४०

टससमेत नभई रद्द भयो नेपालको २ खेल, शुक्रबार अन्तिम खेल खेल्न पाउँला त नेपालले ?