रावलपिण्डीमा बङ्गलादेश क्रिकेट टोलीले रच्यो इतिहास

एजेन्सी : बङ्गलादेशी क्रिकेट टोलीले घरेलु पाकिस्तानी क्रिकेट टोलीलाई टेस्ट सिरिजमा पराजित गरेको छ। २ खेलको टेस्ट सिरिजमा बङ्गलादेश क्रिकेट टोलीले रावलपिण्डीमा घरेलु पाकिस्तानी टोलीलाई व्हाइट वाश गर्दै ऐतिहासिक सिरिज जितेको हो।

पाकिस्तान टुरमा आउनुअघि बङ्गलादेशले टेस्टमा पाकिस्तानमाथि एउटा खेलमा पनि जित दर्ता गर्न सकेको थिएन। तर हाल लगातार दुई टेस्टमा जित हासिल गर्दै चिरपरिचित एसियाली प्रतिद्वन्दीलाई नराम्ररी झापड हानेको छ।

मङ्गलबारको जितसँगै बङ्गलादेश वर्ल्ड टेस्ट च्याम्पियनशिपको टेबलमा छैठौँ स्थानबाट चौथो स्थानमा उक्लिएको छ। पाकिस्तान भने टेबलको पुछारमा आठौँ स्थानमा झरेको छ।

पाहुना टोली बङ्गलादेश दोश्रो खेलको पहिलो इनिङमा कुनैबेला ६ विकेट गुमाएर २६ रनको दयनीय अवस्थामा थियो। विकेटकिपर लिटन दास र मेहिदी हसन मिराजको शतकीय साझेदारीले बङ्गलादेशलाई उद्दार गरेको थियो।  लिटन दासले १३८ रनको शानदार पारी खेल्दै प्लेयर अफ द म्याच अवार्ड पाए।

प्रकाशित : , ०, ०१५:५०

क्रिकेट इतिहासमा मङ्गोलियाको लज्जास्पद हार, ५ बलमै खेल जित्यो सिंगापुरले