चम्किए सलाह, बनाए नयाँ रेकर्ड !

एजेन्सी – सोमबार राति प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडको सामना गर्यो। एलान रोडमा लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडको सामना गरेको हो।

लिड्सको घरेलु मैदानमा लिभरपुलले निरन्तर गोलवर्षा गरेको थियो। पहिलो हाफमा दुई गोल मात्र गरेपनि लिभरपुलले दोस्रो हाफमा भने चार गोल गर्न सफल भएको थियो।

लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गरे। घरेलु टोली लिड्सका लुइस सिनिसटेराले एक गोल फर्काए।

सलाहले पहिलो र दोस्रो हाफ दुवैमै गोल गर्न सफल भएका थिए। पहिलो हाफको ३९औं मिनेटमा सलाहले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। उनले सो गोल डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए।

सो गोलसँगै सलाहले एक प्रिमियर लिग रेकर्ड पनि बनाएका छन्। सलाह सो गोलसंगै प्रिमियर लिगमा देब्रे खुट्टाले सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। सलाहले प्रिमियर लिगमा लिड्सको खेल अगाडी देब्रे खुट्टाले १ सय ५ गोल गरेका थिए।

तर १ सय छैठौं गोल गर्ने बितिकै सलाह प्रिमियर लिगमा देब्रे खुट्टाले सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। सलाहले लिड्स विरुद्ध दोस्रो हाफमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल पनि गरेका थिए।

सो गोल पनि सलाहले देब्रे खुट्टाले नै गरेका थिए। यससंगै प्रिमियर लिगमा सलाहले देब्रे खुट्टाले गरेको गोलसंख्या १ सय ७ पुगेको छ। सलाहले अहिले प्रिमियर लिगका २२३ खेलमा १३५ गोल गरेका छन् । सन् २०१७ मा आएयता उनले लिभरपुलका लागि २ सय ९७ खेलमा १८२ गोल पनि गरिसकेका छन्।

प्रकाशित : , ०, ००८:३७

अल नासरलाई कडा चुनौती, रोनाल्डोले गर्न सक्लान् गोल ?