एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले रियल म्याड्रिड टार्गेटको मूल्य ह्वात्तै बढाएको छ। रियल म्याड्रिडको चासोको बीचमा भिल्ल्लारियलले सामुएल चुकवुजेको मूल्य ह्वात्तै बढाएको हो।
२३ वर्षीय चुकवुजेले विगत चार अभियानमा ला लिगाको नियमित स्टार्टरका रूपमा आफूलाई स्थापित गरेका छन्। सन् २०१७ मा डायमण्ड फुटबल एकेडेमीबाट आएदेखि उनी भिल्लारियलको महत्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन्।
गति र प्रत्यक्षताको आशीर्वाद पाएका चुकवुजेले नाइजेरियाका लागि २४ खेलिसकेका उनी यस सिजन भिल्लारियलका लागि धेरै राम्रो गरिरहेका छन्। उनले सबै प्रतियोगितामा ४१ खेलमा २ हजार ६ सय ६१ मिनेट खेल्दै १३ गोल र ११ असिस्ट प्रदान गरेका छन्।
यस महिनाको सुरुमा चुकवुजेले आफ्नो टोलीको लस ब्लान्कोस विरुद्धको ला लिगा अवे जीतमा निर्णायक गोल गरेका थिए। फिचाजेसका अनुसार रियल म्याड्रिडले आगामी समर ट्रान्सफर विन्डोमा चुकवुजेलाई स्थानान्तरण लक्ष्यको रूपमा पहिचान गरेको छ।
लस ब्लान्कोसका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आक्रमणकारीको ठूलो प्रशंसक भएको बताइएको छ। भिल्लारियलले नाइजेरियनको मूल्य ह्वात्तै बढाएको छ। अब रियलले नाइजेरियन भित्र्याउन ८० मिलियन युरो सम्म खर्च गर्न पर्ने अवस्था बनेको फिचाजेसले जनाएको छ।
भिल्लारियलसँग चुकवुजेको सम्झौता सन् २०२४ सम्मका लागि छ। उनले भिल्लारियलका लागि अहिले सम्म १ सय ९८ खेल खेलिसकेका छन्। यस बीचमा उनले ३७ गोल गरेका छन् भने ३१ असिस्ट दिएका छन्।