मेस्सी र पिएसजी बीच हुन सकेन सहमति, समर ट्रान्सफर विन्डोमा छुट्टिने निर्णय !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जमेन(पिएसजी) र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बीचको सम्झौता थपको छलफल टुंगिएको छ। मेस्सी र पिएसजी बीचको छलफलबाट कुनै निष्कर्ष निस्किन नसकेसंगै छलफल टुंगिएको हो।

दुई पक्ष बीच कुनै पनि सहमति हुन नसकेसंगै मेस्सीले आउने समर ट्रान्सफर विन्डोमा पिएसजी छाड्ने पक्का भएको विभिन्न फ्रेन्च मिडियाहरुले दावी गरेका छन्।

मेस्सीले सन् २०२१ मा पिएसजीसँग दुई वर्षको लागि सम्झौता गरेका थिए। सो सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। सम्झौता सकिने दिन नजिकिँदै गरेको अवस्थामा दुई पक्ष बीच सम्झौता थपका विषयमा निरन्तर छलफल भएको थियो।

तर छलफलले कुनै पनि निष्कर्ष निकाल्न सकेन। फ्रेन्च पत्रिका ले पेरिसियनको रिपोर्ट अनुसार मेस्सी पक्ष र पिएसजी बीचको वार्ता अब पूर्णरुपले बन्द भएको छ। दुई पक्ष बीच विभिन्न विषयहरुमा कुरा नमिलेको बताइएको छ।

पिएसजीले मेस्सीलाई क्लबमै राख्न चाहेको छ। पिएसजी र मेस्सी बीच कतारमा सम्पन्न विश्वकपकै क्रममा सम्झौता थप गर्ने मौखिक सहमति भएको थियो। तर विभिन्न विषयहरुमा सहमति हुन नसक्दा कुरा बिग्रिन पुग्यो।

फाइनानसियल फेयर प्ले नियमहौर उल्लङ्घन हुने भएका कारण पिएसजीले मेस्स्सीको पारिश्रमिक घटाउन प्रस्ताव गरेको थियो। तर मेस्सी पक्षले पिएसजीको सो प्रस्तावलाई सिधै अस्विकार गरिदियो। जससंगै दुई पक्ष बीचको वार्ता कुनै निष्कर्ष बिना नै टुंगियो।

प्रकाशित : , ०, ०११:५६

लिभरपुलको गोलवर्षा, लिड्स युनाइटेडमाथि सानदार जित !