पिएसजीलाई मेस्सीको चक्मा, बार्सिलोना फिर्ता हुन सहमत ?

एजेन्सी – चर्चित स्पेनिस पत्रकार जेरार्ड रोमेरोले गरेको दावीलाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सी लालिगा फर्किन सहमत भएका छन्। जेरार्ड रोमेरोले लियोनेल मेस्सीले ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा बार्सिलोना फर्कन सहमत भइसके तथ्यमा लालिगा विश्वास भैसकेको दावी गरेका हुन्।

पत्रकारका अनुसार बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न मार्चको अन्त्यतिर ला लिगामा आर्थिक व्यवहार्यता योजना पठाएको थियो। यद्यपि, स्पेनी शीर्ष लिगले बार्सिलोनाको योजनालाई अस्विकार गरेको थियो।

योजनामा केही बिन्दुहरूलाई लालिगाले अस्वीकार गरेको र बार्सिलोना यति बेला नयाँ प्रस्तावमा काम गरिरहेका रोमेरोले जनाएका छन्। बार्सिलोनाले पठाउने नयन योजनालाई लालिगाले स्वीकार गर्ने उच्च सम्भावना रहेको छ।

कमजोर आर्थिक अवस्थाका कारण क्लब छाड्न बाध्य भएको दुई वर्षपछि मेस्सी बार्सिलोना फर्कन सहमत भइसकेका छन् भन्ने लालिगा अधिकारीहरूको विश्वास रहेको रोमेरोको भनाई छ।

मेस्सी बार्सिलोना फिर्ता हुन सहमत भैसकेको मानेर यति बेला लालिगाले मार्केटिङ टोलीलाई गृहकार्यका लागि खटाइसकेको छ। मेस्सीको फिर्तिबाट सक्दो लाभ उठाउनको लागि लालिगाले मार्केटिङ टोलीलाई तयारी अवस्थामा राखेको रोमेरोको खुलासा छ।

आर्थिक समस्याका कारण सन् २०२१ मा बार्सिलोनाले मेस्सीलाई क्लबमा राख्न असफल भएको थियो। विभिन्न लालिगा नियमहरुका कारण बार्सिलोनाले सम्झौता थप गर्न नसक्ने अवस्था बनेपछि मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए।

मेस्सी र पिएसजी बीचको सम्झौता आउने केहि महिना भित्र सकिँदैछ। विभिन्न कारणले गर्दा उनले पिएसजी छाड्न पर्न सक्ने सम्भावना देखिन थालेको छ। पिएसजीमा उनको भविष्य अनिश्चित भन्दै गर्दा बार्सिलोनाले उनलाई फिर्ता गर्ने चाहेको छ।

प्रकाशित : , ०, ०२१:३१

मोरिन्होलाई चाहियो फर्मिनोको साथ, रोमामा भित्र्याउने योजना !