पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युवा स्टार किलियन एम्बाप्पेको सम्झौता नवीकरणलाई पुन: प्राथमिकता दिन थालेपछि क्लबमा अनुभवी डिफेन्डर सर्जियो रामोसको भविष्य खतरामा परेको छ।
गत सिजन चोटकार कारण निकै फितलो रहेपछि पूर्व रियल म्याड्रिड कप्तान यस सिजन आफ्नो करियर पुन: उलाको बाटोमा लाग्ने प्रयासमा रहेका छन्। रामोस यस सिजन उल्लेखनीय लयमा रहेका छन्, जसले उनलाई पीएसजीसँगको सम्झौता नवीकरणको हकदार बनाएको विश्वास गरेका छन्। तर क्लबमा एम्बाप्पेका अनेक माग सुनिन थालिएपछि भने अब त्यो अनिश्चित बनेको छ।
एल नेसिओनलका अनुसार एमबाप्पेले टोलीमा सुधार गर्ने जिद्दीले रामोसको भविष्य खतरामा परेको बताइएको छ। २०१८ विश्व विजेता युवा फ्रान्सेलीले कथित रूपमा रामोस सहित धेरै अनुभवी खेलाडीहरूलाई बाहिर निकाल्ने इरादा राखेका छन् भने उनीहरुको स्थानमा नयाँ प्रतिभाको इंजेक्शन चाहन्छन्।
च्याम्पियन्स लिगका महत्वपूर्ण खेलहरूमा पीएसजीको लगातारको कमजोर प्रदर्शनका कारण एमबाप्पेको चिन्ता उत्पन्न भएको हो। पछिल्ला दुई सिजनमा निकै महत्वपूर्ण क्षणमा टोलीका अनुभवी खेलाडीले अन्य एलिट क्लबहरूको शारीरिक तीव्रतासँग प्रतिस्पर्धा गर्न संघर्ष गरेका छन्।
यद्यपि, रामोस जस्ता खेलाडीहरूलाई क्लबबाट बाहिर धकेल्ने एम्बाप्पेको निर्णयले स्पेनिस डिफेन्डरलाई धोका भएको महसुस भएको एल नेसिओनलले दाबी गरेको छ।