एनरिकेले चेल्सीलाई दिने भए चक्मा !

एजेन्सी – बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके एट्लेटिको म्याड्रिडको प्रशिक्षक बन्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार एनरिके एट्लेटिको म्याड्रिडको प्रशिक्षक पदको जिम्मेवारी सम्हाल्न तयार भएका हुन्।

एट्लेटिको र एनरिके बीच अग्रिम सहमति नै भैसकेको विभिन्न स्पेनिस मिडियाहरुले जनाएका छन्। एनरिकेले एट्लेटिकोसँग पूर्व-अनुबंध सम्झौतामा हस्ताक्षर गरिसकेको एल नेशनलले दावी गरेको छ।

क्लबका वर्तमान प्रशिक्षक डिएगो सिमोनी यस सिजनको अन्त्य पछि क्लब छाड्ने उच्च सम्भावना रहेको बताइएको छ। सो अवस्थालाई एनरिकेलाई प्रशिक्षक बनाउने योजना एट्लेटिकोले बनाएको छ।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार सिमोनी एट्लेटिको छाडेर इटाली जाने योजनामा छन्। एट्लेटिकोको जिम्मेवारी लामो समय देखि सम्हालिरहेका उनले अब इन्टर मिलानको जिम्मेवारी सम्हाल्ने चर्चा गरिन्छ।

यद्यपि, सिमोनी एट्लेटिसँग अर्को एक सिजन रहन सक्ने सम्भावनालाई नकार्न पनि सकिँदैन। त्यस्तो भएको खण्डमा एनरिके अर्को क्लब जान सक्छन्। एनरिकेलाई प्रिमियर लिग क्लब चेल्सीले पछ्याइरहेको छ।

नयाँ सिजनमा क्लबको जिम्मेवारी एनरिकेलाई दिन चेल्सीले भित्र-भित्रै तयारी थालिसकेको छ। चेल्सीले केहि दिन अगाडी मात्रै पूर्व प्रबन्धक फ्रान्क लाम्पार्डलाई केयरटेकर बोसको रूपमा नियुक्त गरेको थियो। चेल्सीले नयाँ प्रशिक्षकले जिम्मेवारी नलिएसम्मका लागि लाम्पार्डले कल्बको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित : , ०, ०१२:०१

मेस्सीसँग मिलेर तहल्का मच्चाउने लेवान्डोस्कीको चाहना ! के भने ?