बायर्न विरुद्ध हालान्डको खराब रेकर्ड, अहिले सम्म निकालेका छैनन् एक जित !

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको जारी सिजनको क्वार्टरफाइनल आज राती सुरु हुँदैछ । नेपाली समय अनुसार राती १२ः४५ बजे सुरु हुने खेलमा म्यानचेस्टर सिटी र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्को खेलमा बेन्फिका र इन्टरले एकअर्काको सामना गर्नेछन् ।

अपेक्षित क्वार्टरफाइनलमा सामना गरेको यि दुवै टोली महादेशकै उत्कृष्ट क्लब प्रतियोगिताको अघिल्लो चरणमा पुग्नका लागि प्रयास गर्नेछन् । आ आफ्नो लिगमा पनि दुवै टोलीले उपाधिका लागि चर्को प्रतिस्पर्धा गरिरहेका छन् । प्रिमियर लिगमा सिटीले आर्सनललाई पछ्याइ रहेको छ भने बुन्डेसलिगामा बायर्नलाई बरुसिया डर्टमन्डले टक्कर दिइरहेको छ ।

बुन्डेसलिगमा २७ खेलको समाप्तीमा डर्टमन्डको भन्दा शीर्षस्थानको बायर्नको २ अंक बढी छ । प्रिमियर लिगमा २९ खेलमा ६७ अंकका साथ सिटी दोस्रोमा छ भने एक खेल बढी खेलको आर्सनल ७३ अंकसहित शीर्षस्थानमा छ ।

बुन्डेसलिगाबाट प्रिमियर लिग गएयता हालान्डले पहिलो पटक बायर्नको सामना गर्दैछन् । बायर्नसँग उनको इतिहास खराब रहँदै आएको छ । डर्टमन्डबाट उनले बायर्नविरुद्ध खेलेका सबै खेलमा हार बेहोरेका थिए ।

हालान्डले ७ पटक बायर्नविरुद्ध खेलेका थिए । जसमा ५ पटक बुन्डेसलिगा र २ पटक सुपर कप खेलेका थिए । तर नजिता भने सबैमा हार नै थियो ।

अर्को तथ्य यस्तोे छ । हालान्डले ५ वा त्यो भन्दा बढी खेल खेलेर बराबरी गर्न नसकेको टोली बायर्न मात्रै हो । व्यक्तिगत रुपमा बायर्नविरुद्धको उनको प्रदर्शन खराब नरहेपनि टोलीले सफलता भने पाउन सकेन । उनले बायर्नविरुद्ध ७ खेलमा ५ गोल गरेका थिए । जारी सिजनमा सिटीबाट उच्च प्रदर्शन गरिरहेका हालान्डले पछिल्ला ४ खेलमा ११ गोल गरेका छन् ।

प्रकाशित : , ०, ०२१:०९

चम्किए हालान्ड, सिटीले बायर्नलाई सजिलै पछार्यो !