मेस्सीका पिता र लापोर्टा बीच भेट, तर भएन मेस्सीको बार्सा फिर्ताका बारेमा छलफल !

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले जर्ज मेस्सीसँग हालसालै भेटघाट गरेता पनि लियोनेल मेस्सीको क्याम्प नोउ फिर्तिको सम्बन्धमा कुराकानी नगरेको खुलासा भएको छ।

स्पेनिस पत्रकार सिक रोड्रिग्वेजले लापोर्टाले जर्ज मेस्सीसँग भेटघाट गरेपनि लियोनेल मेस्सीलाई बार्सिलोना फिर्ता ल्याउने विषयमा छलफल नगरेको खुलासा गरेका हुन्।

रोड्रिग्वेजका अनुसार दुई बीचको भेटघाटमा मेस्सीको फिर्ति भन्दा पनि ट्रिब्युट खेलका बारेमा कुराकानी भएको थियो। भेटघाटमा लापोर्ताले मेस्सीले ट्रिब्युट खेल नखेली मेस्सीले युरोप छाड्न नमिल्ने बताएका थिए भन्ने रोड्रिग्वेजको भनाई छ।

भेटघाटमा लापोर्टाले मेस्सीका पितालाई अनुबन्ध गर्ने आफ्नो इच्छा प्रत्यक्ष रूपमा व्यक्त नगरेको बताइन्छ। बार्सा युनिभर्सलका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)ले मेस्सी समक्ष सम्झौता थपको प्रस्ताव राखेको छ। तर सो प्रस्ताव मेस्सीले स्वीकार गर्न भने बाँकी नै छ।

मेस्सीले पिएसजीको सम्झौता थपको प्रस्तावलाई अस्विकार गरेको खण्डमा अन्य क्लबको भाग्य चम्किन सक्छ। त्यसमा बार्सिलोना सँग-सँगै इन्टर मिलान, अमेरिकी तथा साउदी अरेबियन क्लबहरु पनि पर्न सक्छन्।

केहि दिन अगाडी मात्रै मेस्सीका लागि साउदी क्लब अल हिलालले सम्झौता प्रस्ताव गरेको खबर आएको थियो। अल हिलाल मेस्सीलाई ४ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक दिन तयार रहेको विभिन्न खेल मिडियाहरुले बताएका थिए।

प्रकाशित : , ०, ०२१:०३

सिटी भर्सेस बायर्न: चल्ला हालाण्डको जादू ? खेल कुन च्यानलमा हेर्ने ?