एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज राति लिभरपुलले लिग लिडर आर्सनलको सामना गर्दैछ। सिजनको २९ औं खेलमा लिभरपुलले आज राति घरेलु मैदानमा आर्सनलको सामना गर्न लागेको हो।
लिभरपुल यति बेला कम्जोर लयबाट गुज्रिरहेको छ र उपाधि होडबाट बाहिरिसकेको छ। लिभरपुल यति बेला शिर्ष चारको दौडबाट समेत बाहिरिने अवस्थामा छ। लिभरपुल अहिले प्रिमियर लिगको आठौँ स्थानमा रहेको छ।
लिभरपुलले यस सिजन प्रिमियर लिगका २८ खेलमा मात्रै १२ जित निकालेको छ। यस बीचमा उसले ९ बेहोरिसकेको छ भने ७ खेलमा बराबरी खेलेको छ। लिभरपुलको ४३ अंक छ।
उता आर्सनल भने प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ। आर्सनल लिभरपुल भन्दा झन्डै ३० अंकले अगाडी छ। आर्सनलले सिजनका २९ खेल खेल्दा ७२ अंक बनाएको छ। आर्सनलले यस बीचमा २३ जित निकालिसकेको छ।
यस सिजन आर्सनलले मात्रै ३ खेलमा जित निकालेको छ। ३ खेलमा भने आर्सनल बराबरीमा रोकिएको छ। आर्सनल शिर्ष स्थानमा गएको धेरै समय देखि यथावत छ। आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी रहेको छ।
आज दुवै टोली जितको खोजिमा हुनेछन्। किन भने आर्सनललाई उपाधि होडमा अगाडी रहिरहन आज जुनै पनि हालतमा जित चाहिनेछ। आज जित निकाल्न सके आर्सनलले शिर्ष स्थानमा आठ अंकको अग्रता बनाउन सक्नेछ।
यस्तै शिर्ष चारमा रहने झिनो सम्भावना कायम राखको लागि पनि लिभरपुलले आज आर्सनल विरुद्ध जित निकाल्नुपर्नेछ। खेल नेपाली समय अनुसार रातको ९ बजेर १५ मिनेटमा एनफिल्डमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट टु मा हेर्न सकिनेछ।