अल नासरलाई शिर्ष स्थान उक्लिने अवसर, रोनाल्डोलाई पनि गज्जबको मौका !

एजेन्सी – साउदी प्रो लिगको २३ औं खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले आज राति अल फेहाको सामना गर्दैछ। अल नासरले किंग सलमान स्पोर्ट सिटी स्टेडियममा अल फेहाको सामना गर्न लागेको हो।

अल नासर यति बेला साउदी प्रो लिगको दोस्रो स्थानमा रहेको छ। अल नासरले सिजनका २२ खेलमा मात्रै दुई खेलमा हार बेहोरेको छ। अहिले सम्म उसले १६ जित निकाल्दा ४ खेलमा बराबरी खेलेको छ।

अल नासरको ५२ अंक रहेको छ। अल नासर शिर्ष स्थानको अल इत्तिहाद भन्दा मात्रै एक अंकले पछि रहेको छ। बराबरी २२ खेलबाट अल इत्तिहादले ५३ अंक जोडेको छ। अल इत्तिहाद पनि आज राति एक्सनमा उत्रँदैछ। अल इत्तिहादले अल वेहदाको सामना गर्दैछ।

अल नासरको सामना गर्दा अल फेहा अहिले साउदी प्रो लिगको १० औं स्थानमा रहेको छ। अल फेहाले सिजनका २१ खेल खेल्दा मात्रै ६ खेलमा जित निकालेको छ। यसबीचमा उसले ९ खेलमा हार बेहोरिसकेको छ।

आज हुने खेलमा अल नासर कम्जोर आँकिएको अल फेहालाई पराजित गर्दै साउदी प्रो लिगको उपाधि होडमा कायम रहने दाउमा हुनेछ। लिग उपाधिको दौडमा रहिरहन अल नासरले आज जित निकाल्नै पर्नेछ। आज राति अल नासरले जित निकालेर अल इत्तिहाद पराजित भएको खण्डमा अल नासर शिर्ष स्थानमा उक्लिनेछ।

रोनाल्डोलाई अवसर

यसै सिजन साउदी पुगेका रोनाल्डो अल नासरका लागि राम्रो लयमा छन्। रोनाल्डोले साउदी प्रो लिगमा अल नासरका लागि कुल ९ खेल खेलेका छन्। यस बीचम उनले ११ गोल गरिसकेका छन्।

रोनाल्डो साउदी प्रो लिगको जारी सिजनको सर्वाधिक गोलकर्ता बन्नबाट मात्रै ४ गोलले पछाडी छन्। शिर्ष स्थानमा तीन खेलाडीले समान १५ गोल गरेको अवस्था छ।

साउदी प्रो लिगका सबै भन्दा बढी गोल गर्ने चौंथो र पाँचौ खेलाडीले ११ र १२ गोल मात्र गरेको अवस्था छ। जुन रोनाल्डो समान र एक गोलले बढी हो।

प्रकाशित : , ०, ००८:५४

रियल ओरालो लागेको लाग्यै, सिजन नसकिँदै बार्सा च्याम्पियन ?