जब एम्बाप्पेले रोजे आफ्नो ‘ड्रिम ११’: मेस्सी र रोनाल्डो परे, अनि अरु को ?

सन् २०१७ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) सुपरस्टार किलियन एम्बाप्पेले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी लगायत इतिहासका केही उत्कृष्ट खेलाडीहरूको साथमा आफ्नो सबै समयको ‘ड्रिम ११’ छनोट गरेका थिए।

तत्कालीन मोनाको स्टारलेटले युभेन्टस र इटालीका दिग्गज जियानलुइगी बुफोनलाई गोलमा रोजेका थिए। राइट ब्याकमा, उनले ब्राजिलका दुई पटकको विश्वकप विजेता काफुलाई छनोट गरे। उनको सेन्टर ब्याक जोडीमा उनको हालको पीएसजी टिममेट र रियल म्याड्रिडका दिग्गज सर्जियो रामोस र एसी मिलान र इटालीका आइकन पाओलो माल्डिनी थिए। लेफ्ट-ब्याकमा, उनी इतिहासको सबैभन्दा कुशल फुलब्याक मध्ये एक, रियल म्याड्रिडका महान रोबर्टो कार्लोससँग गए।

किलियन एमबाप्पेको गोलप्रतिको माया उनको मिडफिल्डको छनोटमा झल्किन्छ, उनले फ्रान्स र रियल म्याड्रिडका लिजेन्ड जिनेदिन जिदान र पूर्व बार्सिलोना र ब्राजिलका सुपरस्टार रोनाल्डिन्होलाई सेन्ट्रल मिडफिल्डरको रूपमा रोजेका थिए।

एमबाप्पेले त्यसपछि हालको पीएसजी स्टार लियोनल मेस्सी र नेयमारलाई क्रमशः दायाँ मिडफिल्डर र लेफ्ट मिडफिल्डरको रूपमा राखे। अन्तमा, उनले आफ्नो आइडल क्रिस्टियानो रोनाल्डोलाई फरवार्डको रूपमा छनोट गर्दै उनलाई इतिहासको सबैभन्दा महान स्ट्राइकरहरू मध्ये एक, ब्राजिलका महान रोनाल्डो नाजारियोसँग साझेदार गराएका छन्।

प्रकाशित : , ०, ०१६:३८

मेस्सीलाई लखेटेर उनको स्थानमा पीएसजीले ल्याउने भयो रोनाल्डोका साथी !