घरेलु मैदानमा चिप्लिएपछि पीएसजीले पायो ‘हरुवा टोली’ को ट्याग !

पेरिस सेन्ट जर्मेन (पीएसजी) ओलम्पिक लियोनसँग घरेलु मैदानमा लियोनल मेस्सी र किलियन एमबाप्पे जस्ता खेलाडीको उपस्थितिमा पनि लिग १ को खेलमा १–० ले पराजित भएको छ। जसपछि आफ्नो मनपर्ने टोली हारेको देखेर ट्विटरमा फ्यानहरू क्रोधित भएका छन्।

जियानलुइगी डोनारुम्माले ३६औं मिनेटमा पेनाल्टी क्षेत्रमा अलेक्जेन्डर लाकाजेटलाई फल गरेपछि रेफ्रीले अवे टिमलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त फलका लागि पीएसजी गोलकिपरले पहेंलो कार्ड पनि पाएका थिए। तर, लाकाजेटले आफ्नो टोलीलाई अगाडि बढाउने मौका खेर फाले। फ्रान्सेली खेलाडीले ३९ औं मिनेटमा आफ्नो प्रयास पोस्टमा प्रहार गरेका हुन्।

५८औं मिनेटमा ब्राडली बारकोलाको गोलबाट लियोनले अग्रता लिएको थियो। मेस्सीसँग दुईवटा अवसर थिए जहाँ उनले एमबाप्पेलाई गोलका लागि असिस्ट गर्न सक्थे। तर पूर्व बार्सिलोना कप्तानले आफैंले सट लिने निर्णय गरेका हुन्। उनले दुबै अवसरमा गोल गर्न असफल भए। एम्बाप्पेले पनि केही राम्रा मौका खेर फालेपछि पीएसजी लगातार दोस्रो खेलमा पनि पराजित हुन पुगेको हो।

पीएसजीले घरमै ओलम्पिक लियोन खेल्दा ट्विटरभरका फ्यानहरूका केही उत्कृष्ट प्रतिक्रिया यहाँ छन्:

प्रकाशित : , ०, ०११:४३

खुलासा भयो मेस्सीको अर्को क्लब ? बार्सिलोनाको चान्स छैन ?