एजेन्सी – लिभरपुलका लिजेन्ड जेमी क्यारागरले नर्वेली युवा स्टार एर्लिङ हालाण्ड बिना नै म्यानचेस्टर सिटी उत्कृष्ट हुने कुरा प्रमाणित भएको दावी गरेका छन्। क्यारागरले ट्वीटर मार्फत हालाण्ड बिना नै सिटी उत्कृष्ट हुने कुरालाई दोहोर्याएका हुन्।
शनिबार राति सिटीले लिभरपुल विरुद्ध सानदार जित जित निकाल्यो। घरेलु मैदानमा भएको खेलमा सिटीले बलमा राम्रो नियन्त्रण राख्दै लिभरपुल विरुद्ध ४ गोल गर्न सकेको थियो। लिभरपुलले भने एक गोल भन्दा बढी गर्न सकेन।
“त्यसोभए म सहि थिएँ, म्यान सिटी हालाण्ड बिना नै राम्रो छ।”,क्यारागरले खेलपछि ट्वीट गर्दै भनेका छन्। यस भन्दा अगाडी पनि क्यारागरले कयौं पटक हालाण्ड बिना नै सिटीले राम्रो फुटबल खेल्ने दावी गरिसकेका थिए।
विभिन्न टेलिभिजन कार्यक्रमहरुका क्रममा उनले सिटीले हालाण्डको अनुपस्थितिमा राम्रो खेल्न सक्ने बताउने गरेका थिए। हालाण्ड र सिटीको खेल शैली फरक-फरक भएका कारण समस्या पैदा भइरहेको क्यारागरको विश्लेषण रहने गरेको छ।
केहि समय अगडी उनले भनेका थिए,”सिटी र हालाण्डको छुट्टा-छुट्टै खेल शैली छ। हालाण्ड काउन्टर अट्याक खेल्न रुचाउँछन्। तर सिटी भने सन्तुलित फुटबल खेल्न चाहन्छ र बलमा बढी नियन्त्रण चाहन्छ। लामो पास खेल्ने उनीहरुको बानि छैन। हालाण्डले धेरै भन्दा धेरै गोल गरेपनि सिटीलाई खासै मद्दत हुने छैन। हालाण्ड नहुँदा पनि सिटीले धेरै भन्दा धेरै गोल गरिरहेकै हुन्छ।”
क्यारागरले जे जसो भनेपनि हालाण्डले यस सिजन सिटीका लागि कुल ३७ खेल खेलेका छन्। यस बीचमा उनले ४२ गोल गरिसकेका छन् भने उनले ५ असिस्ट समेत दिसकेका छन्। हालाण्ड प्रिमियर लिग सँग-संगै च्याम्पियन्स लिगका लानी शिर्ष गोलकर्ता हुन्।