पिएसजीको प्रस्ताव मेस्सीद्वारा सिधै रिजेक्ट, पारिश्रमिक घटाउन अस्विकार !

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्नो पारिश्रमिक नघटाउने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता थप गर्नको लागि मेस्सीले पारिश्रमिक कटौती गर्न अस्विकार गरेका हुन्।

चर्चित खेल मिडिया गोल डट कमले पिएसजीसँगको सम्झौता थपका लागि मेस्सीले पारिश्रमिक घटाउन अस्विकार गरेको पुष्टि गरेको छ। पिएसजी आर्थिक रुपमा संकटमा परेको अवस्थामा समेत मेस्सीले आफ्नो पारिश्रमिक घटाउन अस्विकार गरेका हुन्।

मेस्सी र पिएसजी बीचको सम्झौता यहि जुलाईमा सकिनेछ। त्यसपछि उनी फ्री ट्रान्सफरमा जुन सुकै क्लबमा जान खुला हुनेछन्। पिएसजीले त्यस भन्दा अगाडी नी सम्झौता थप गर्ने योजना बनाएको छ।

तर पिएसजीलाई फाइनसियल फेयर प्ले नियम बाधक बनिरहेको अवस्था छ। मेस्सीलाई उच्च पारिश्रमिक दिँदा फाइनसियल फेयर प्ले नियम उल्लङ्घन हुने भएका कारण पिएसजी समस्यामा परेको छ।

पिएसजीले मेस्सीलाई पारिश्रमिक कटौती गर्न प्रस्ताव गरेपनि मेस्सी त्यसो गर्न तयार देखिएका छैनन्। मेस्सीले पारिश्रमिक कटौती गर्न अस्विकार गरेपछि पिएसजीका लागि तनाव बढेको बताइएको छ।

मेस्सी पिएसजीसँगको सम्झौता थप गर्न तयार छन्। मेस्सी र पिएसजी बीच सम्झौता थपका विषयमा विश्वकपकै क्रममा मौखिक सहमति भएको थियो। तर पारिश्रमिक कटौती गर्न परेको खण्डमा भने मेस्सीले नयाँ विकल्प खोज्न सक्छन्।

प्रकाशित : , ०, ०११:२६

छाती फुलाउँदै साउदी मिडियामा रोनाल्डोले भने,”म फुटबल इतिहास कै सर्वश्रेष्ठ खेलाडी हुँ”