चम्किए लेवान्डोस्की, बार्सिलोनाको सानदार जित !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । थप दुई गोल अन्सु फाती र फेरान टोरेसको नाममा रह्यो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

५६औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले फेरान टोरेसको पासलाई सदुपयोग गरे । ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगता दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।

७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । उनले दुई गोल गरिसकेका लेवान्डोस्कीको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।

प्रकाशित : , ०, ००८:१६

आर्सनलले बढायो रफ्तार, प्रिमियर लिग उपाधिबाट अब केहि कदम मात्रै टाढा !