अर्जेन्टिनाले ७ गोल ठोक्दा पनि मख्ख परे विपक्षी गोलकिपर, मेस्सीको जर्सी पाउँदा नै भए फुरफुर !

कुराकाओका गोलकिपर एलोय रुमले बुधबार अर्जेन्टिनासँग ७–० ले पराजित भएपछि लियोनल मेस्सीको जर्सी पाएकोमा खुसी व्यक्त गरेका छन्। बुधबार बिहान अन्तर्राष्ट्रिय ब्रेकको दोस्रो मैत्रीपूर्ण खेलमा ला अल्बिसेलेस्टेले घरेलु मैदानमा कुराकाओलाई हराएको हो। पानामा विरुद्ध २–० ले सहज जित हात पार्दै खेलमा प्रवेश गरेको थियो।

अर्जेन्टिनाले विपक्षीलाई ७–० ले हराउँदै हाईमा ब्रेक टुंग्यायो। निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गरे भने कप्तान मेस्सीले ह्याट्रिक गरेका थिए। कुराकाओ गोलकिपर रुमले यस खेलमा कुल १० बचाएपछि गोल सक्दो कम गरेका थिए। जसको पुरस्कारको रूपमा उनले खेल पछि मेस्सीको जर्सी पाएका थिए।

दक्षिण अमेरिकी दिग्गज विरुद्ध सात गोल खाएपनि रुम सात पटकको बालोन डी’ओर विजेतासँग जर्सी बदल्न पाउँदा रोमाञ्चित थिए। उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लियोनल मेस्सीको जर्सीको तस्बिर पोस्ट गर्दै लेखे: “सपना साकार हुन्छन्” रुमले तस्विरहरूको एक क्यारोसेल पनि पोस्ट गरेका छन् जसमा उनले मेस्सीसँग जर्सी साटासाट गरेको क्षण देखिएको छ, लेखे:”कुनै क्याप्शन आवश्यक छैन …”

जुन २०१५ मा टोलीको लागि डेब्यु गरेदेखि रुमले कुराकाओ राष्ट्रिय टोलीबाट ४३ खेल खेलिसकेका छन्। अर्जेन्टिनासँग ७-० को हार उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा भोगेको सबैभन्दा ठूलो हार थियो।

प्रकाशित : , ०, ०१२:२७

ह्याट्रिक गरेर १०० गोल पूरा गरेपछि “मेस्सी पेनाल्डो भन्दा राम्रो” भन्दै उफ्रिन थाले मेस्सी समर्थक !