मेस्सीको खिल्ली उडाउदै उनलाई कहिल्यै अनुबन्ध नगर्ने साउदी क्लब प्रमुखको दाबी !

पेरिस सेन्ट-जर्मेन (पीएसजी) को सुपरस्टारलाई प्रहार गर्दै अल-ताई एफसीका प्रमुख टर्की अल-धाबानले साउदी प्रो लिग क्लबका लागि लियोनल मेस्सीलाई अनुबन्ध नगर्ने बताएका छन्। सन् २०२२ को डिसेम्बरमा अल-नासरले क्रिस्टियानो रोनाल्डोलाई नि:शुल्क ट्रान्सफरमा हस्ताक्षर गरेपछि साउदी प्रो लिग मुख्य चर्चाको बिन्दु बनेको छ।

अब यस गर्मीमा पीएसजीसँगको सम्झौता सकिएपछि अल-हिलाल मेस्सीलाई अनुबन्ध गर्न कटिबद्ध छन् भन्ने व्यापक रिपोर्ट छन्। यसैबीच, डिभिजनका अन्य क्लबहरूले पनि आगामी समयमा अन्य ठूला नामहरू आकर्षित गर्न खोज्नेछन्।

यद्यपि अल-ताईका प्रमुख अल-धबानले यसका लागि आफ्नो टोलीमा खेलाडी अनुबन्ध नगर्ने स्पष्ट पारेका छन्। उनले युइएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिख विरुद्ध लियोनेल मेस्सीको कमजोर प्रदर्शनको पनि खिल्ली समेत उडाएका छन्।

उनले साउदी अरेबियाको टेलिभिजन च्यानल एसबीसीमा [गोल अरब मार्फत] भने: “म मेरो टोलीमा विश्व स्तरका खेलाडीलाई अनुबन्ध गर्न चाहन्न जो संतृप्त छ र मेस्सीले बार्यन म्युनिखको जस्तै स्टेडियमबाट खेल हेर्छन्।”

प्रकाशित : , ०, ०१६:५९

भुटान विरुद्ध अन्जनले खेल्लान् ? यस्तो आयो अपडेट !