एजेन्सी – फ्रान्सेली फुटबल आइकन थियरी हेनरीको दावीलाई मान्ने हो भने किलियन एम्बाप्पे पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको उत्तराधिकारी बन्न सक्ने क्षमता राख्छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा हेनरीले एम्बाप्पे मेस्सी र रोनाल्डो दुवैको उत्तराधिकारी बन्न सक्ने बताएका हुन्।
हेनरीका अनुसार एम्बाप्पे धेरै नै व्यवसायिक छन्। उनले एम्बाप्पेको उत्कृष्ट मनोवृत्तिको खुलेर प्रशंसा गर्दै एम्बाप्पे सधैं मिहिनेत गर्न चाहने खेलाडी रहेको पनि बताए। छिट्टै प्रशिक्षणमा आउने, सिक्न र अगाडि बढ्न प्रयास गर्ने जस्ता गुण एम्बाप्पेसँग रहेको र त्यसैले उनलाई मेस्सी र रोनाल्डोको स्थान लिन सकने खेलाडी बनाएको हेनरीको भनाई छ।
“हामी उनको व्यवसायिक्ताको धेरै चर्चा गर्दैनौं। तर मेरो लागि त्यो नै सबै भन्दा बढी महत्वपूर्ण छ। एम्बाप्पे धेई नै व्यवसायिक छन् र उनलाई आफ्नो काम के हो भन्ने राम्रोसँग थाहा छ। हामी सधैं उनको गोल र उनको गतिको चर्चा गर्छौं, तर उनको कतिवद्धताको खादै प्रशंसा गर्दैनौं। उनी ती खेलाडी हुन् जो छिट्टै प्रशिक्षणमा आउँछ, मैदानमा मिहिनेत गर्छ। उनी सधैं सक्ने र अगाडि बढ्ने प्रयासमा हुन्छन्।”,हेनरीले भने।
मेस्सी र रोनाल्डोमा रहेका राम्रा गुण एम्बाप्पेमा पनि रहेको हेनरीले बताए। उनले थप भने,”तपाईले फुटबलका दुई महान् बोसहरु मेस्सी र रोनाल्डोलाई हेर्नु भयो भने पनि यस्तै गुणहरु पाउनु हुन्छ। त्यसैले त म एम्बाप्पेलाई मेस्सी र रोनाल्डोको उत्तराधिकारीको रुपमा देख्छु”