पूरा सिजन गुमाउने भएपछि आफ्ना समर्थकलाई नेयमारले गरे यस्तो वाचा !

पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार नेयमार जुनियरले खुट्टाको चोटका कारण सिजनको बाँकी खेल खेल्न नपाउने भएपछि एक सन्देश पठाएका छन्। सुपरस्टार फरवार्डको कतारको दोहास्थित एस्पेटर अस्पतालमा शल्यक्रिया हुने भएको छ।

पूरा सिजन गुमाउने भएपनि नेयमार आफ्नो आत्मविश्वास निकै उच्च राख्दै चोटपछि मैदानमा आफ्नो पुनरागमन निकै उत्कृष्ट हुने बाचा गरेका छन्। “म बलियो भएर फर्कनेछु,” नेयमारले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

 

View this post on Instagram

 

A post shared by NJ 🇧🇷 (@neymarjr)

शल्यक्रियाका कारण ३१ वर्षीय स्टार तीनदेखि चार महिनासम्म बाहिरिने अपेक्षा गरिएको छ, जसको अर्थ २०२२-२३ सिजन समाप्त हुनुअघि उनको फर्किने सम्भावना छैन। फेब्रुअरी १९ मा एलओएससी लिले विरुद्ध पीएसजीको ४–३ को जितमा नेयमार घाइते भएका थिए। ब्राजिलका खेलाडीले पार्क डे प्रिन्सेसमा आफ्नो टोलीका लागि गोल गरेको खेलको ५१ औं मिनेटमा उनलाई मैदान बाहिर स्ट्रेचरमा लग्नुपरेको थियो।

पूर्व बार्सिलोना स्टारलाई खुट्टाको चोट लागेको यो पहिलो पटक भने हैन। २०२२ फिफा विश्वकपमा पनि उनले सर्बिया विरुद्ध ब्राजिलको पहिलो खेलमा नै एक क्रूर चोट उठाए र अन्तिम दुई समूह खेल गुमाएका थिए। बार्सिलोनाका पूर्व सुपरस्टार यस सिजन उत्कृष्ट लयमा थिए, उनले २९ खेलमा १८ गोल र १७ असिस्ट दिएका छन्।

प्रकाशित : , ०, ०११:०८

पूर्व पीएसजी स्टार भन्छन्-“एम्बाप्पे मेस्सी र रोनाल्डो भन्दा पनि खतरनाक खेलाडी हुन्”