युनाइटेडका पूर्व खेलाडी भन्छन् – ‘भन्दा दुख लाग्छ, तर रोनाल्डो गएपछि युनाइटेडको पुनरुत्थान भयो’

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर पाउल म्याकग्राले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि युनाइटेडको पुनरुत्थानको सहज भएको बताएका छन्।

एक मिडियाका लागि स्तम्भ लेख्नेक्रममा म्याकग्राले युनाइटेड लयमा फर्किनुमा रोनाल्डोको बहिर्गानको महत्वपूर्ण भूमिका रहेको दावी गरेका हुन्। म्याकग्राका अनुसार पछिल्ला घटनाक्रमहरुले रोनाल्डोको बहिर्गमनले युनाइटेडलाई लयमा फर्किन मद्दत गरेको प्रमाणित गरिरहेको छ।

“युनाइटेडको लय परिवर्तनमा मुख्य दुई कारण छन् – एक रोनाल्डोको बहिर्गमन र अर्को कासेमिरोको आगमन। उत्कृष्ट खेलाडीहरूमध्ये एकबाट छुटकारा पाउँदा युनाइटेडका लागि राम्रो भएको छ भन्ने लेख्दा अनौठो लागिरहेको छ। तर पछिल्ला घटनाक्रमहरुले त्यस्तै प्रमाणित गरिरहेका छन्।”,म्याकग्राले आफ्नो स्तम्भमा लेखेका छन्।

स्तम्भमा म्याकग्राले रोनाल्डोको बहिर्गमन पछि क्लबका पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डिसबाट आएको भनाईलाई समेत उल्लेख गरेका छन्। रोनाल्डोको बहिर्गमनको केहि समय पछि ब्रुनो फर्नान्डिसले आफूहरु एक टोलीको रुपमा खेल्न थालेको बताएका थिए। ब्रुनो फर्नान्डिसको सो भनाईले रोनाल्डो हुँदा युनाइटेडको टोली भित्र के भइरहेको थियो भन्ने कुरालाई संकेत गरेको म्याकग्राको बुझाई छ।

उनी लेख्छन्,”रोनाल्डो छोडेको केही हप्ता पछि उनको पोर्चुगल टोली साथी ब्रुनो फर्नान्डिसले भनेका थिए – ‘हामी अहिले एक टोली जस्तै खेलिरहेका छौं।’ यसले ओल्ड ट्राफोर्ड ड्रेसिङ-रूम भित्रको महान् व्यक्तिसँगको बारेमा जान्न आवश्यक सबै कुरा बताउँछ।”

एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले विश्वकप अगाडी युनाइटेडले आफूलाई धोका दिएको आरोप लगाएका थिए। युनाइटेडमा खेल्ने मौका पुन नसक्दा बिच्किएका उनले क्लब, क्लबका प्रशिक्षक र मालिक माथि धेरै आरोपहरु लगाएका थिए। त्यसपछि युनाइटेडले रोनाल्डोसँगको सम्झौता रद्द गरिदिएको थियो।

प्रकाशित : , ०, ०२०:३२

बायर्नलाई एम्बाप्पेको चेतवानी, हराएर च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने घोषणा !