जुगपछि जित्यो चेल्सी, लिड्स माथि निकाल्यो संघर्षपूर्ण जित !

एजेन्सी – इंग्लिस क्लब चेल्सीले ६ खेलपछि पहिलो जित निकालेको छ । प्रिमियर लिगको खेलमा लिड्स युनाइटेडलाई १–० ले पराजित गरेपछि चेल्सीले सातौ खेलमा जित निकाल्न सफल भएको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीको जितमा वेस्ले फोफानाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि १५औं मिनेटमा फोफानाले मौका गुमाएका थिए । २२औं मिनेटमा जोआओ फेलिक्सको भली प्रहार पोस्टमा लागेर फर्कदा चेल्सी अग्रता लिनबाट चुक्यो । ३२औं मिनेटमा बेन चिलवेलले गोल गर्न सकेनन् । ६०औं मिनेटमा लिड्स बराबरीबाट चुक्यो ।

गत जनवरी १५ मा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेयता चेल्सीले ६ खेलसम्म जित निकाल्न सकेको थिएन । जसमा समान ३ बराबरी र हारको नतिजा छ ।

यस जितले चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७औं स्थानमा छ ।

अर्काे खेलमा वल्भ्सले टोटेनहमलाई १–० ले पराजित गरेको छ । वल्भ्सको जितमा एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३औं स्थानमा रहेको छ । पराजित टोटेनहम ४५ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अर्काे खेलमा ब्राइटनले वेस्ट ह्याम युनाइटेडलाई ४–० ले पराजित गरेको छ । ब्राइटनको जितमा एलेक्सिस मार्क एलिस्टर, जोइल भेल्टम्यान, काओरु मिटोमा र ड्यानी वेलवेकले गोल गरे ।

यस जितले ब्राइटन २३ खेलबाट ३८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २५ खेलबाट २३ अंक जोडेर १६औं स्थानमा छ ।

प्रकाशित : , ०, ००९:३०

कीर्तिमान बनाएका एम्बाप्पेलाई मेस्सीले दिए बधाई, दिए यस्तो प्रतिक्रिया !