लालिगा क्लबलाई चाहियो लिभरपुल स्टार, तर चेल्सीको कुर्दै निर्णय !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका एक स्टार फरवार्डलाई लालिगा क्लब एट्लेटिको म्याड्रिडले भित्र्याउने योजना बनाएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार एट्लेटिको म्याड्रिडले लिभरपुलका ब्राजिलियन स्टार रोबर्टो फिर्मिनोलाई भित्र्याउने योजना बनाएको हो।

फ्री ट्रान्सफरका लागि उपलब्ध भएको खण्डमा रोबर्टो फिर्मिनोलाई भित्र्याउने एट्लेटिकोको योजना रहेको छ। जोआओ फेलिक्सलाई चेल्सीले क्लबमा राख्न चाहेको खण्डमा फर्मिनोलाई भित्र्याउने योजना एट्लेटिकोले बनाएको बताइएको छ।

३१ वर्षीय फर्मिनो सन् २०१५ देखि लिभरपुलमा छन्। लिभरपुलमा रहेर उनके करियरकै उत्कृष्ट फुटबल खेले र क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जिते। उनले लिभरपुलका लागि अहिले सम्म झन्डै साढे ३ सय खेल खेलिसकेका छन्।

३ सय ४७ खेल खेल्दा उनले १ सय ७ गोल गरेका छन् भने ७८ असिस्ट प्रदान गरेका छन्। फर्मिनोले यस सिजन लिभरपुलका लागि २२ खेल खेलेका छन्। यसबीचमा उनले ९ गोल गर्दा ४ असिस्ट दिएका छन्।

निरन्तर केहि वर्ष उच्च लयमा फुटबल खेलेपनि पछिल्लो समय भने उनी घाइते हुँदै आएका छन्। पछिल्ला वर्षहरुमा उनी पटक-पटक घाइते भएका छन्।

तर फिट भएको अवस्थामा भने अझै पनि उनी धेरै राम्रो फुटबल खेल्न सक्छन्। एट्लेटिकोले फर्मिनोलाई फेलिक्सको स्थान लिने खेलाडीको रुपमा भित्र्याउन चाहेको फुटबल एस्पानाले रिपोर्ट गरेको छ।

फर्मिनो भित्र्याउने-नभित्र्याउने भन्ने कुरा चेल्सीको निर्णयमा निर्भर रहनेछ। हाल लोनमा चेल्सीमा रहेका फेलिक्सलाई चेल्सीले क्लबमै राख्न चाहेको खण्डमा मात्रै फर्मिनोलाई भित्र्याउने एट्लेटिकोको योजना रहेको छ।

प्रकाशित : , ०, ०१४:४६

प्रिमियर लिगमा आर्सनलको सानदार कम्ब्याक !