चेल्सीलाई सुझाव – ‘नेयमार नभित्र्याउनु, नत्र रोनाल्डो भित्र्याउँदा युनाइटेडले भोगेको जस्तै भोग्नुपर्ला

एजेन्सी – प्रिमियर लिगका पूर्व खेलाडी स्टेनली भिक्टर कोलिमोरको विश्लेषणसँग सहमत हुने हो भने ब्राजिलियन स्टार नेयमार कुनै पनि हालतमा चेल्सी जानु हुँदैन। एक मिडियाका लागि स्तम्भ लेख्ने क्रममा कोलिमोरले नेयमार चेल्सी गएको खण्डमा क्रिस्टियानो रोनाल्डो भित्र्याएपछि म्यानचेस्टर युनाइटेडमा निम्तिए जस्तै समस्या चेल्सीमा पनि निम्तिने दावी गरेका हुन्।

नेयमारको प्लेब्वाई जीवनशैलीका कारण चेल्सीलाई समस्या हुन सक्ने कोलिमोरको बुझाई छ। कुनै पनि प्रिमियर लिग क्लबले नेयमारलाई भित्र्याउनु अगाडी युनाइटेड र रोनाल्डो बीचको लफडालाई हेर्नुपर्ने कोलिमोरले आफ्नो स्तम्भमा उल्लेख गरेका छन्।

“नेयमारको जीवनशैली प्लेब्वाईको जस्तै छ। त्यसैले यदि कुनै प्रिमियर लिग क्लबले उनलाई गम्भीरताका साथ हेरिरहेको छ भने होशियार रहन म सुझाव दिन्छु। क्रिस्टियानो रोनाल्डो भित्र्याएपछि म्यान युनाइटेडको जे अवस्था भएको थियो, नेयमार भित्र्याउने क्लबको पनि त्यहि अवस्था हुन सक्छ।”,कोलिमोरले भने। .

कोलिमोर चेल्सीले नेयमारलाई भित्र्याउन नहुने बताउँछन्। उनका अनुसार चेल्सीलाई नेयमारको खाँचो छैन। चेल्सीको नयाँ प्रोजेक्टका लागि नेयमारको आवश्यक नरहेको उनको बुझाई छ।

“नेयमारसँग नाम जोडिएका म्यानचेस्टर क्लब र चेल्सी कसैले पनि उनलाई भित्र्याउनु हुँदैन। चेल्सीको नयाँ प्रोजेक्टका लागि नेयमारको आवश्यकता पर्दैन। मलाई लाग्छ कि नेयमार एक उत्कृष्ट खेलाडी भएपनि चेल्सीमा सामेल हुनु भयानक कदम हुनेछ। चेल्सीले भविष्यलाई ध्यानमा राखेर योजना बनाइरहेको छ। यस्तोमा नेयमारलाई भित्र्याउनु गलत कदम हुन सक्छ।”,कोलिमोर आफ्नो स्तम्भमा लेख्छन्।

नेयमारको पिएसजीमा सन् २०२५ सम्मका लागि सम्झौता छ। तर सम्झौता सकिने २ वर्ष भन्दा बढी समय बाँकी रहँदै नेयमार पिएसजी छाडेर अन्यत्र जाने सम्भावना देखिएको रिपोर्टहरु पुनः बाहिर आइरहेका छन्।

गत समर ट्रान्सफर विन्डो देखि नै उनको नाम विभिन्न क्लबहरुसँग जोडिएको अवस्था छ। नेयमारलाई सबै भन्दा बढी प्रिमियर लिग क्लब चेल्सीले भित्र्याउन चाहेको दावी गरिएको छ। चेल्सीले आउने समर ट्रान्सफर विन्डोमा नेयमारका लागि कदम चाल्ने बताइन्छ।

प्रकाशित : , ०, ०११:५८

लालिगा क्लबलाई चाहियो लिभरपुल स्टार, तर चेल्सीको कुर्दै निर्णय !