नेयमारको पिएसजी प्रशिक्षकले गरे बचाउ !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले ब्राजिलियन स्टार नेयमारको बचाउ गरेका छन्। फ्रेन्च लिग वानमा लियोनको सामना गर्नु भन्दा अगाडी आयोजित पत्रकार सम्मेलनमा बोल्नेक्रममा क्रिस्टोफ गाल्टियरले नेयमारको बचाउ गरेका हुन्।

यहि साता पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन च्याम्पियन्स बायर्न म्युनिखको सामना गर्यो। सो खेलमा पिएसजी पराजित हुन पुग्यो। बायर्नसँग पराजित भएको एक दिन पनि नबित्दै नेयमार पोकर खेल्दै देखिए। बायर्नसँग पराजित भएको २४ घण्टा पनि नबित्दै पोकर खेल्दै देखिएका कारण उनको चर्को आलोचना पनि भयो।

तर गाल्टियरले भने छुट्टिको दिन नेयमारले आफूलाई मन लागेको गर्न पाउने मान्छन्। फरक परिस्थितिमा भनिएको भनाईलाई फरक अवस्थासँग जोडेर आलोचना गर्न नहुने गाल्टियरले बताए।

बायर्नसँग पराजित भएपछि पिएसजीका युवा स्टार किलियन एम्बाप्पेले दोस्रो लेगका लागि तत्काल तयारी सुरु गर्नुपर्ने बताएका हुन्। पिएसजीका खेलाडीहरुले समयमा खाने, समयमा सुत्ने गर्दै आफूलाई स्वस्थ राख्नुपर्ने उनको भनाई थियो। एम्बाप्पेको सो भनाई पनि नेयमार माथि लक्षित रहेको चर्चा गरिएको थियो।

पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गाल्टियरले एम्बाप्पेको सो भनाई र छुट्टिको दिन नेयमारले पोकर खेल्नुलाई सँगै जोडेर टिप्पणी गर्न नमिल्ने बताए। सो सम्बन्धमा आफूले नेयमारसँग पनि कुराकानी गरिसकेको गाल्टियरको भनाई छ।

“म एम्बाप्पेको भनाईलाई नेयमार फास्ट-फुड रेस्टुरेन्टमा देखिएको विषयसँग जोड्न चाहन्न। मैले नेयसँग कुरा गरिसकेको छु। मैले उनलाई आफ्नो भनाई राखिसकेको छु। नेयमारलाई आफ्नो बिदाको दिन पोकर खेल्ने अधिकार छ। बिदाको दिन उनले आफूलाई लागेको काम गर्न सक्छन्।”,गाल्टियरले भने।

प्रकाशित : , ०, ०१०:५१

लेवान्डोस्कीलाई बेन्जेमाको कडा टक्कर, लालिगा पिचिची अवार्डका लागि यति गोल मात्रको अन्तर !