सिरी ‘ए’ को उपाधि नापोलीको कब्जामा, अग्रता बढेको बढ्यै !

एजेन्सी – शीर्षस्थानमा रहेको नेपोली इटालियन सिरी ‘ए’ को उपाधितर्फ अग्रसर बनेको छ । शुक्रबार राति सस्सुलोलाई २–० ले हराएर १८ अंकको अग्रता बनाएपछि नेपोली उपाधितर्फ अग्रसर बनेको हो ।

नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया र भिक्टर ओसिमहेनले गोल गरे । मापेई स्टेडियममा भएको खेलमा नेपोलीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२औं मिनेटमा कभिचा कभाराट्सकेलियाले गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । उनले म्याथिअस ओलिभेराको पासमा गोल गर्न सफल भएका थिए । ३३औं मिनेटमा भिक्टरले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । उनले अमिर रहमानीको पासलाई सदुपयोग गरे ।

४०औं मिनेटमा घरेलु टोली सस्सुलोका अर्मान्ड लोउरेन्टले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेपोलीका जियोभानी सिमिओनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १८ अंकको अग्रता बनाएको छ । नेपोलीको २३ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४४ अंक छ । पराजित सस्सुलो २४ अंक जोडेर १५औं स्थानमा छ ।

प्रकाशित : , ०, ००९:११

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था: सबै ‘पारामिटर नर्मल’