आर्सनललाई पुनः शिर्ष स्थानमा कब्जा जमाउने अवसर, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा आज उपाधि दाबेदार आर्सनलले एस्टन भिल्लाको सामना गर्दैछ। निरन्तर लिगको शिर्ष स्थानमा रहेर केहि दिन मात्रै दोस्रो स्थानमा झरेको आर्सनलले एस्टन भिल्लाको सामना गर्न लागेको हो।

आर्सनल र भिल्ला बीचको खेल एस्टन भिल्लाको घरेलु मैदानमा हुनेछ। भिल घरेलु मैदानको फाइदा उठाएर आर्सनललाई स्तब्ध पार्ने दाउमा हुनेछ। एस्टन भिल्ला यति बेला प्रिमियर लिगको ११ औं स्थानमा रहेको छ।

सिजनका २२ खेल खेल्दा उसले ८ जित निकालेको छ भने १० खेलमा हार बेहोरेको छ। यस्तै ४ खेलमा बराबरी खेलेर भिल्लाले २८ अंक बनाएको छ। एस्टन भिल्लाले प्रिमियर लिगका पछिल्ला पाँच खेल मध्ये २ मा जित निकालेको छ भने दुईमा हार बेहोरेको छ।

यस्तै आर्सनल भने लिगको दोस्रो स्थानमा रहेको छ। आर्सनल केहि दिन अगाडी मात्रै लिगको दोस्रो स्थानमा झरेको हो। म्यानचेस्टर सिटीसँगको हार पछि आर्सनल दोस्रो स्थानमा झरेको थियो।

आर्सनलले अहिले सम्म प्रिमियर लिगमा २२ खेल खेलेको छ। जसमा उसले १६ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै तीन खेलमा भने आर्सनल बराबरीमा रोकिएको छ। आर्सनलको ५१ अंक अंक रहेको छ।

यो शिर्ष स्थानमा रहेको सिटी बराबरकै अंक हो। गोल अन्तरका आधारमा मात्रै सिटीले आर्सनललाई उछिनेको हो। आज हुने खेलमा जित वा बराबरी मात्रै खेलेपनि आर्सनल शिर्ष स्थानमा उक्लिनेछ।

आर्सनल र एस्टन भिल्ला बीचको खेल नेपाली समय अनुसार साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ। खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ००८:११

नेयमार नभित्र्याउन चेल्सीलाई सुझाव !