एजेन्सी – साउदी सुपर कपको सेमिफाइनलमा गए राति अल इतिहाद र अल नासर आमने-सामने भए। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर अल इतिहादसँग पराजित हुन पुग्यो।
रोनाल्डो भएर पनि अल नासरले जित निकाल्न सकेन। रियादको किंग फहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा अल इतिहादले अल नासरलाई ३-१ को गोल अन्तरले पराजित गर्यो।
बलमा बढी नियन्त्रण राखेर पनि आक्रमणमा चुक्दा अल नासर पराजित हुन पुगेको हो। बलमा ६५ प्रतिशत नियन्त्रण राख्दा अल नासरको तर्फबाट १७ प्रहार भएका थिए। त्यसक्रममा तीन प्रहार मात्रै टार्गेटमा थिए।
अल इतिहादले बलमा कम नियन्त्रण राखेपनि राम्रो आक्रमण गर्यो। अल इतिहादले खेलभर ९ प्रहार गरेको थियो। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। त्यसमध्ये पनि तीन प्रहार गोलमा परिणत भए।
लागे मेस्सीको समर्थमा नारा
रोनाल्डो अल नासरबाट मैदानमा उत्रिरहेका बेला अल इतिहादका समर्थकले पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको समर्थनमा नारा लगाएका थिए। उनीहरुले रोनाल्डोले बल पाउने बितिकै मेस्सीको समर्थनमा नारा लगाएका हुन्।
खेलभर नै स्टेडियममा मेस्सीको समर्थनमा नारा लागेको बताइएको छ। सोक्रममा भिडियोहरु पनि यति बेला सामाजिक संजालमा देखा परिरहेका छन्। सामाजिक संजालमा यति बेला मेस्सीको समर्थनमा नारा लागेका भिडियोहरु भाइरल भैरहेका छन्।
🔥 جماهير الاتحاد تردد باسم اللاعب ( ميسي ) لحظة دخول لاعب فريق النصر ( كريستيانو رونالدو )#الاتحاد_النصر pic.twitter.com/WnYSswNClu
— قصي نقادي (@Qusay_itfc) January 26, 2023