एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी वेस ब्राउनले मार्कस रासफोर्ड ह्यारी केन र मोहम्मद सलाहको स्तरमा रहेको दावी गरेका छन्। एक मिडियासँग कुराकनी गर्नेक्रममा ब्राउनले रासफोर्ड केन र सलाहको स्तरमा पुगेको दावी गरेका हुन्।
पछिल्लो समय रासफोर्डको फर्म देखेर विपक्षीहरु डराउने अवस्थाको शिर्जना भएको ब्राउनले बताए। ब्राउनका अनुसार रासफोर्ड विद्युतीय देखिएका छन् र उनी उत्तिकै आफ्नो खेलमा केन्द्रित देखिएका छन्।
“उनी [रासफोर्ड] जब उनी फर्ममा हुन्छन् तब विद्युतीय हुन्छन्। उनी तिखो र फोकस देखिन्छन् र यसले उनलाई वास्तवमै मद्दत गरेको छ। उनले प्रहार गर्दा विपक्षीहरु डराउने गर्छन्। उनी ह्यारी केन र मो सलाहको स्तरमा छन्। तर उनले अहिलेको फर्मलाई कायम राख्न सक्नु पर्छ।”,ब्राउनले भने।
पछिल्लो सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि रासफोर्डले जारी सिजनमा भने उच्च प्रदर्शन गरिरहेका छन्। गत सिजन उनले ३२ खेलमा मात्रै पाँच गोल गरेका थिए भने २ असिस्ट दिएका थिए। तर यस सिजन उनले २९ खेलमा १८ गोल गरिसकेका छन्। यसबीचमा उनले ६ असिस्ट पनि दिएका छन्।
रासफोर्डले युनाइटेड आफ्नो क्लब रहेको बुझिसकेको र उनले युनाइटेडलाई नै सबै दिने निर्णय गरिसकेको ब्राउनको भनाई छ। ब्राउनले युनाइटेडको वातावरणमा रासफोर्ड रमाउन थालेको पनि बताए।
ब्राउनले भने,”मलाई लाग्छ कि उनले रासफोर्डले म्यान युनाइटेड उनको क्लब हो भन्ने राम्रोसँग बुझेका छन्। उनलाई क्लबको पछिल्लो वातावरण पनि राम्रो लागिरहेको छ। मलाई लाग्छ कि उनले आफ्नो उत्कृष्ट फुटबल खेलिरहेका छन्।”