लिभरपुलको टार्गेट उछिट्याउने दाउमा चेल्सी, दौडमा सामेल भयो !

एजेन्सी – वोल्भरह्याम्प्टन वान्डरर्सका मिडफिल्डर म्याथियस नुनेसका लागि प्रिमियर लिगका दुई क्लब बीच प्रतिष्पर्धा हुने भएको छ। नुनेसका लागि प्रिमियर लिगका दुई ठूला क्लबहरु बीच कडा टक्कर पर्ने भएको हो।

द टेलिग्राफको माइक म्याकग्राका अन्नुसर नुनेसका लागि अब चेल्सी र लिभरपुल बीच प्रतिष्पर्धा हुनेछ। पहिला नुनेस भित्र्याउने दौडमा एक्लै देखिएपनि पछिल्लो पटक भने सो दौडमा चेल्सी पनि जोडिन पुगेको हो।

चेल्सी नुनेसको प्रशंसक रहेको र उनको अवस्थालाई क्लबले नजिकबाट नियालिरहेको म्याकग्राले जनाएका छन्। नुनेज ट्रान्सफर बजारमा उपलब्ध हुने बितिकै उनको लागि बोली लगाउने चेल्सीको तयारी रहेको छ।

नुनेस गत समर ट्रान्सफर विन्डोमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट क्लब-रेकर्ड मूल्यमा वुल्भ्स आइपुगेका थिए। त्यसबेला वुल्भ्सले ३८ मिलियन पाउण्डका साथ-साथै ४ दशमलभ २ मिलियन पाउण्ड एड-अन तिरेको थियो।

लिभरपुलले नुनेसलाई उनी वुल्भ्स पुग्नु भन्दा अगाडी नै भित्र्याउन चाहेको थियो। तर लिभरपुलले सक्रिय रुपमा लागेर नुनेसलाई भित्र्याउने कार्यमा ढिला गर्यो। जस कारण उनी वुल्भ्स पुगे।

लिभरपुल यति बेला मिडफिल्डरको अभावका कारण प्रिमियर लिगमा संघर्ष गरिरहेको छ। लिभरपुललाई एक मिडफिल्डर नभई भएको छैन। एक भन्दा पनि लिभरपुलले क्लबको मिडफिल्डलाई मजबुत बनाउन थप केहि खेलाडी पनि खोज्नुपर्नेछ ।

प्रकाशित : , ०, ००६:३०

रासफोर्डको भयो यति धेरै तारिफ, केन र सलाहको स्तरमा रहेको दावी !