फुटबल करियरको अन्त्य सम्म साउदीमै रहनेछन् रोनाल्डो, साउदीमै लिनेछन् सन्यास !

एजेन्सी – म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासरसँग सम्झौता गरे। अल नासरले रोनाल्डोलाई फुटबल इतिहाँसकै उच्च पारिश्रमिक दिएर सम्झौता गरेको हो।

अल नासरले रोनाल्डोलाई झन्डै २ सय मिलियन युरो पारिश्रमिक दिने गरी भित्र्याएको हो। युरोप, अमेरिका, दक्षिण अमेरिका र अष्ट्रेलियाका क्लबहरुबाट प्रस्ताव आएपनि रोनाल्डोले साउदी जाने निर्णय गरेका थिए।

साउदी पुगेपछिको पहिलो पत्रकार सम्मेलनकै क्रममा रोनाल्डोले आफू क्लब नपाएर साउदी पुगेको भन्ने चर्चाहरुलाई सिधै खारेज गरेका थिए। त्यसक्रममा उनले विश्वभरका क्लबहरुले आफूलाई भित्र्याउने प्रयास गरेको दावी गरेका थिए।

“यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो। मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ”,रोनाल्डोले भनेका थिए।

रोनाल्डोले त्यसबेला साउदी फुटबलको विकासका लागि आफू अल नासर आइपुगेको बताएका थिए। विभिन्न साउदी मिडियाहरुको भनाईलाई मान्ने हो भने रोनाल्डोको सो भनाई लामो समय साउदीमै रहने संकेत थियो।

साउदी अरेबियाबाट प्रकाशित हुने विभिन्न मिडियाहरुले रोनाल्डोले साउदीमै फुटबलबाट सन्यास लिन सक्ने सम्भावना रहेको बताएका छन्। अल नासरमा रोनाल्डोको सम्झौता सन् २०२५ सम्मका लागि छ। तर उनले सन् २०२५ पछि पनि सम्झौता थप गर्न सक्छन्। अल नासरले रोनाल्डो फुटबल करियरको अन्त्य सम्म नै साउदीमा रहने विश्वास गरेको बताइन्छ।

प्रकाशित : , ०, ०२१:५७

लिभरपुलको टार्गेट उछिट्याउने दाउमा चेल्सी, दौडमा सामेल भयो !