अर्जेन्टिनाका विश्व विजेता माथि पर्यो म्याड्रिड र बार्सिलोनाको नजर, अब युद्ध हुने तय ?

ला लिगा दिग्गज बार्सिलोना र रियल म्याड्रिडले २०२२ फिफा विश्वकप विजेता मिडफिल्डर एन्जो फर्नान्डेज माथि नजर राखेको पोर्चुगल आउटलेट रेकर्डले रिपोर्ट गरेको छ।

फर्नान्डेज २०२२ को कतार विश्वकपमा अर्जेन्टिनाका ब्रेकआउट स्टार मध्ये एक थिए। बेन्फिका मिडफिल्डरले ला अल्बिसेलेस्टेका लागि सबै सात खेल खेलेका थिए र पहिलो दुई खेल बाहेक हरेक खेलको सुरुवाती ११ मा रहेका थिए। लियोनल मेस्सीको टोलीले ३६ वर्षको अन्तरालपछि आफ्नो राष्ट्रलाई विश्व विजेता बनाउँदा युवा मिडफिल्डरले एक गोल गरे भने एक असिस्ट प्रदान गरेका थिए।

कतारमा फर्नान्डेजको प्रदर्शनले उनलाई युरोपमा चर्चित बनाएको छ र थुप्रै शीर्ष क्लबको उनी माथि नजर परेको छ। यस्तोमा, माथि उल्लेखित स्रोतका अनुसार ला लिगाका प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना उनलाई अनुबन्ध गर्न चाहने क्लबको सूचीमा छन्।

प्रिमियर लिगका दिग्गज चेल्सी फर्नाडेजको अनुबन्ध सुरक्षित गर्न पोल पोजिसनमा रहेको बताइएको छ, उनीहरूले उनको लागि € १०० मिलियनका साथै एक खेलाडी बेन्फिकालाई दिन तयार रहको छ।

प्रकाशित : , ०, ०१६:००

३ कारण किन बार्सिलोनाले उचाल्न सक्छ यस सिजनको ला लिगा उपाधि !