एजेन्सी – पेरिस एन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले क्लबका युवा स्टार किलियन एम्बाप्पेको खुलेर प्रशंसा गरेका छन्। फ्रेन्च कपमा सानदार प्रदर्शन गरेपछि गाल्टियरले एम्बाप्पेको खुलेर प्रशंसा गरेका हुन्।
खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गाल्टियरले एम्बाप्पे गोल गर्न धेरै नै मन पराउने खेलाडी रहेको बताएका छन्। गाल्टियरका अनुसार एम्बाप्पे गोल र आक्रमण गर्न धेरै नै मन पराउने खेलाडी हुन्।
“किलियन एम्बाप्पे एक गोल स्कोरर हुन्। उनी गोल र आक्रमणको लागि पागल नै छन्।”,गाल्टियरले पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मख्ख पर्दै भने। गएराति पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलमाथि सानदार जित निकालेको थियो।
अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा एम्बाप्पेले गोलको वर्षात नै गरेका थिए। खेलभर उनले कुल पाँच गोल गरेका थिए। एम्बाप्पेले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए।
खेलको २९ औं मिनेटमा पिएसजीका लागि खाता खोलेका उनले ३५ औं र ४० औं मिनेटका गोल गरेका थिए। दोस्रो हाफमा पनि उनी रोकिएनन्। उनले खेलको ५६ औं मिनेट र ७९ औं मिनेटमा गोल गरेका थिए।
एम्बाप्पेका अलावा पिएसजीका लागि नेयमार र कार्लोस सोलरले पनि गोल गरेका थिए। यससँगै पिएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ। अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ।