बार्सिलोनालाई लाग्यो सपनामा पनि नसोचेको झट्का, लापोर्टा रहेसम्म मेस्सी नफर्किने भए !

अर्जेन्टिनाका पत्रकार ग्यास्टन एडुलले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सम्झौता सकिएपछि लियोनल मेस्सी बार्सिलोना नफर्किने दाबी गरेका छन्।

मेस्सीले २०२१ को ग्रीष्मकालीन स्थानान्तरण विन्डोमा क्याम्प नोउ छाड्दै नि: शुल्क सम्झौतामा पार्क डेस प्रिन्सेस पुगेका थिए। आर्थिक संकटसँग जोधिरहेको बार्सिलोना बोर्डले मेस्सीलाई नयाँ सम्झौता प्रस्ताव गर्न नसक्ने बताइएपनि पछि विभिन्न रिपोर्टले दाबी गरे अनुसार बार्सिलोना बोर्डले नै अर्जेन्टिनी कप्तानलाई नयाँ सम्झौता प्रस्ताव गर्न चाहँदैन थियो, जसको कारण उनी क्लब छाड्न बाध्य भएका थिए।

यस्तोमा, एडुलले अहिले मेस्सी र ब्लाउग्रानाका अध्यक्ष जोन लापोर्टाको सम्बन्ध राम्रो नभएको दाबी गरेका छन्। यसरी सात पटकको बालोन डी’ओर विजेता लापोर्टा बार्सिलोनाको नेतृत्वमा रहेसम्म स्पेन फर्किने छैनन्।

“मेस्सीको पक्ष र लापोर्टा बीचको सम्बन्ध राम्रो छैन। मेस्सीले बार्सिलोनालाई माया गर्छन् तर भिन्नता भनेको क्लबको बोर्डसँगको हो। यी दुई पक्ष बीचको सम्बन्ध राम्रो तरिकाले समाप्त भएन,” उनले टिवीसी स्पोर्ट्सलाई भने।

प्रकाशित : , ०, ०१५:५६

रासफोर्डको प्रशंसामा उत्रिए पूर्व प्रशिक्षक, भन्छन – ‘उनी जति राम्रो खेलाडी अहिले लिगमा कमै छन्’