पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि गयराती किलियन एमबाप्पेले गरेको अविश्वसनीय पाँच गोलको प्रदर्शनलाई फुटबल फ्यानहरूले उनका सहकर्मी लियोनल मेस्सीसँग तुलना गरेका छन्।
एमबाप्पेले सोमबार (२३ जनवरी) राति युएस पेस डे क्यासलसँगको कुप डे फ्रान्सको भिडन्तमा पेरिसको टोलीबाट तहल्का पिटेका थिए। पहिलो हाफमा नै आआफ्नो ह्याट्रिक पूरा गरेका फ्रान्सेली खेलाडीले अन्तराल पछि थप दुई गोल गर्दै आफ्नो टोलीलाई छैटौं-स्तरीय विपक्षीहरूलाई ७-० ले हराउन मद्दत गरेका हुन्।
पूर्व मोनाको स्टारको सानदार प्रदर्शनका साथ उनी एक खेलमा पाँच गोल गर्ने पहिलो पीएसजी खेलाडी बनेका छन् र यो उनले पीएसजीको कप्तानी गरेको पहिलो खेलमा नै गरेका हुन्। पेस डे क्यासल विरुद्ध एमबाप्पेको अविश्वसनीय खेलको बावजुद, ट्विटरमा प्रशंसक यसको हाइप गर्न अगाडी आएनन्।
एम्बाप्पेको खेलको तारिफ गर्नुको सट्टा धेरैले यसलाई २०१२ मा बायर लेभरकुसेन विरुद्धको युइएफए च्याम्पियन्स लिग नकआउट खेलमा बार्सिलोनाका लागि पाँच पटक गोल गरेका लियोनल मेस्सीसँग तुलना गरे र लेखे: “लियोनल मेस्सीले च्याम्पियन्स लिगको आधिकारिक खेलमा गरेका छन्। यदि यो सजिलो छ भने उनलाई [एमबाप्पे] बायर्न म्युनिख विरुद्ध गर्न दिनुहोस्”
अर्काले लेखे: “यो केही खास कुरा होइन, एमबाप्पेले ५ गोल गर्न सकेका थिए किनभने उनले सामना गरेको प्रतिद्वन्द्वी फ्रेन्च लिगको छैठौं डिभिजनको क्लब थियो। यसैबीच, मेस्सीले प्रतिष्ठित च्याम्पियन्स लिगमा बायर्न लेभरकुसेनलाई हराउँदा ५ गोल गर्न सफल भए।”