फ्रेन्च कपमा पिएसजीको जिम्मा एम्बाप्पे र नेयमारलाई, मेस्सी टोलीबाट आउट !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का सुपरस्टार लियोनेल मेस्सी फ्रेन्च कप अन्तर्गत पेस डी क्यासलको सामना गर्ने टोलीबाट बाहिरिएका छन्। सोमबार राति हुने पेस डी क्यासल विरुद्धको खेलका लागि मेस्सीलाई पिएसजीले टोली बाहिर राख्ने भएको हो।

सोमबार राति पिएसजीले फ्रेन्च कप अन्तर्गत पेस डी क्यासलको सामना गर्दैछ। सो खेलका लागि पिएसजीले २२ सदसिय टोलीको घोषणा गरिसकेको छ। तर सो टोलीमा मेस्सीको नाम समावेश छैन।

गत साता साउदी अरेबियामा भए रियाद ११ को टोली विरुद्ध खेल्दै गोल समेत गरेका मेस्सीलाई पिएसजीले फ्रेन्च कपमा भने टोली बाहिर राख्नु पछाडीको कारण भने पिएसजीले खुलाएको छैन। यधपी फ्रेन्च मिडियाहरुले भने मेस्सीलाई आराम दिनको लागि टोली बाहिर राखिएको जनाएका छन्।

मेस्सीको अनुपस्थितिमा युवा खेलाडी ह्युगो एकिटिकेले क्रिस्टोफ गाल्टियरको टोलीको आक्रमणको शीर्षमा आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउन सक्नेछन्। मेस्सी बाहेक जियानलुइगी डोनारुम्मालाई पनि आराम दिइएको छ।

उनको स्थानमा केलोर नाभासले गोलपोस्ट सम्हाल्नेछन्। कोस्टा रिकनले जनवरी १९ मा किंग फहिद अन्तर्राष्ट्रिय रंगशालामा रियाद सिजन कप खेलमा टोलीका लागि सुरुवात गरेका थिए।

यस्तै मेस्सी अनुपस्थित हुन भएपनि सो खेलका लागि नेयमार र किलियन एम्बाप्पे भने हुनेछन्। दुवैको नाम फ्रेन्च कपमा खेल्ने खेलाडीहरुको सूचीमा छ।

प्रकाशित : , ०, ०२१:३९

हालान्डको अर्को सानदार ह्याट्रिक, सिटी विजयी !